२०८० श्रावण २८ /पर्वत /
देशै भर फैलिरहेको आँखा पाक्ने रोग पर्वतमा पनि फैलिदै गएको छ । रोग तिव्र गतिमा फैलदै गएपछी पर्वतका निजी विद्यालयहरु ३ दिनका लागि वन्द हुने भएका छन् । २०८० श्रावण २९ देखी ३१ सम्म समस्या देखिएका विद्यालय वन्द गर्ने निर्णय भएको प्याप्सन पर्वतका अध्यक्ष विमल पौडेलले जानकारी दिनुभएको छ ।
विद्यार्थीहरुमा आखा पाक्ने रोग भाइलर रुपमा फैलदै गएपछी विद्यालय वन्द गर्नूपरेको परेको उहाले वताउनु भयो । विषेश गरि कुश्माका निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुमा आखा पाक्नेरोग देखा परे पछी पहिलो चरणमा निजिविद्यालयहरु लाई वन्द गर्न सुझाव दिएको कुश्मा नगरपालिकाका स्वस्थ्य प्रमुख याम प्रसाद शर्माले वताउनु भयो ।
समस्या वढ्दै गए सरकारी विद्यालयहर समेत वन्द गर्नुपर्ने उहाको भनाइरहेको छ । पछिल्लो समयमा आँखा पाक्ने रोगकेही व्यक्तिमा देखिए पनि पर्वतमा महामारी रुपमा नफैलिएको स्वस्थ्य कार्यालय पर्वतमा नि. प्रमुख शन्तोष पौडेलले जानकारी दिनुभयो ।
उहाले स्वस्थ्य मापदण्डको पालन गरेमा धेरै हदसम्म रोगसर्नवाट कम हुने वताउदै सवैलाई सतर्क रहन आग्रह गर्नूभयो । रोग धेरैनै फैलिएमा रोकथामका लागि आवश्यक औषधी व्यवस्थानका लागि तयारी गरिरहेको उहाको भनाई रहेको छ ।
