लन्डन /
चार भन्ज्याङ तमु समाज यूकेको १६ ग्रीष्समकालिन समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रम ५ अगष्ट २०२३ मा अल्डर सर्ट कनोट्स्कुलमा सम्पन्न भएको हो । ग्रीष्समकालिन समर भेटघाट कार्यक्रमको उद्घाटन प्रमुख अतिथी एन आर एन यूकेका अध्यक्ष श्री हितकाजी गूरुङ र संस्थाका अध्यक्ष श्री बेन कुमार गुरुङ वाट पानसमा वत्ति वालेरे समुद्घाटन भएको थियो भने कार्यक्रमको शुभारम्भ संस्थाका महासचिव अमर गुरुङले गर्नुभएको थियो ।
एन आर एन यूकेका नवनिर्वाचित अध्यक्ष श्री हितकाजी गूरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उहाका धर्मपत्नी श्रीमती सिता गूरुङ साथै विषेश अतिथी तमु धि यूकेका अध्यक्ष श्री हरि गूरुङ उहाकी धर्मपत्नी तमु धि यूके आमा प्रमुख अध्यक्ष श्रीमती सन्ध्य गुरुङ ,नवनिर्वाचित एन आर एन आइ.सी.सी. सदस्य ह.ले चन्द्र बहादुर गुरुङ, दिलारास गूरुङ ,एन आर एन यूके का निवर्तमान अध्यक्ष श्रमिती पुनम गूरुङ तथा पुर्व तमुधि अध्यक्ष श्री कमल गुरुङ ,खेन रिन्पोछे शीरलामा गुरु ,धर्मगुरु किसन सिङ्ग घले लगायत समाजका संस्थापक लगायत पूर्व अध्यक्ष ज्यूहरु प्रमुख सल्लाहकार तथा सल्लाहकार ज्यूहरुको गरिमामय उपस्थिती रहेको थियो ।

कार्यक्रममा समाजका उपाध्यक्ष श्री दुर्गा गुरुङले स्वागत मन्तव्यका साथ करिव ३५ जना नया सदस्यहरुलाइ खादा र चारभन्ज्याङ तमुसमाजको व्याच प्रदान गरि स्वागत गर्नुभएको थियो । तेसै गरि नव विवाहित दम्पती यूगल जोडीहरुलाई उपाध्यक्ष गूरुङ ज्युले फेटा र आमा प्रमुख श्रीमति पन्च गूरुङले वधुलाई क्रमु ओडाई वधाई तथा वैवाहिक जिवनको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमकै अवसरमा समाजले हरेक वर्ष गर्दै आएको सिनियर सिटिजन ८० वर्ष पुगेका व्याक्तित्व ज्यूहरुलाई चिरन्जीवी आयूको कामना गर्दै सिल्भर स्टीक श्रदेय खेन रिम्पुछे शिरलामा गूरु ज्यू वाट प्रदान गरिएको थियो । सोही क्रममा गोर्खाकप मा सरिक भै सहयोग गर्नुहुने यूथ तथा दाजुभाई दिदि वैनीहरुलाई खादा लगाएर धन्यवाद दिनुभएको थियो भने फुडस्टलका संयोजक श्री प्रकास गुरुङ र उहाको धर्मपत्नी श्रीमती जयन्ती गूरुङ लाई अध्यक्ष वाट फेटा र आमा प्रमुखले क्रमुले सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा एन आर एन यूके का नवनिर्वाचित अध्यक्ष श्री हितकाजी गूरुङ तथा श्रीमती सिता गूरुङ एन आर एन आइ सी सी नवनिर्वाचित सदस्य ह.ले चन्द्र बहादुर गूरुङ श्रीमती विमला गूरुङ श्री दिलरास गूरुङ लाई समाजका अध्यक्ष वेन कुमार गूरुङ र आमा प्रमुख पन्च गूरुङले फेटा र क्रमुले वधाई तथा सुभकामना व्यक्त गर्नुभएको थियो ।
सम्मान कै क्रममा चार भन्ज्याङ समाज वाट अन्य समाजमा अध्यक्ष जस्तो गरिमामय पदमा नेतृत्व गर्नुहुने तमु धी यूके का अध्यक्ष तथा चार भन्ज्याङ समाजका सल्लाहकार हरि गूरुङ तथा तमु धी आमा समुह अध्यक्ष श्रीमती सन्ध्य गुरुङ बेजिङस्टोक तमु समाजका का अध्यक्ष तथा वर्तमान चार भन्ज्याङ तमुसमाज यूकेका उपाध्यक्ष श्री दुर्गावाहादुर गुरुङ एंवम पर्वत वेल्फर सोसाईटी का अध्यक्ष श्रीमती अप्सरा गुरुङज्यूलाई अध्यक्ष ज्यू एंवम आमा प्रमुख वाट फेटा र क्रमुले सम्मान गरि वधाई दिनुभएको थियो ।
तमु धी यूके वाट प्रदान गरिने सवै भन्दा उच्च सम्मान अवार्ड २०२२ वाट विभुषित हुनुभएका अत्यन्तै वौद्धिक हरेक क्षेत्रमा दक्ष व्यक्ति समाजसेवी मे. (रिटाएड् ) कृष्ण वहादुर गूरुङ एवंम श्रीमती अमला गुरुङ समाजसेवी श्रीमती पन्च गुरुङ साथै उहाका श्रीमान ले. (रिटाएड् ) कुसाङ गुरुङ लाई अध्यक्ष ज्यू तथा आमा प्रमुख वाट उहाहरुको योगदानको कदर गर्दै फेटा र क्रमुले सम्मान गर्नुभएको थियो भने खेन रिन्पोछे शीरलामा गुरु ,लामा किसान सिङ्ग घले गूरुलाई समाजको तर्फवाट दक्षिणले सम्मान गरिएको थियो भने गोर्खा मिडियाका मेनेजिङ डाइरेक्टर मिलन तमुलाई पनि चार भन्ज्याङलाइ मिडिया क्षेत्र वाट पुरयाउनु भएको योगदानको कदर गदै सम्मान गरिएको थियो ।

कार्यक्रमको शोभा वढाउनका लागि विच विचमा कल्चर सेक्रेटरी प्रकाश गुरुङको संयोजकत्वमा मनोरञ्जन कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी श्री हितकाजी गूरुङले वोल्दै चार भन्ज्याङ तमुसमाज आफ्नै समाज झै लाग्ने र चार भन्ज्याङ समाजले आफुलाई गरेको सहयोग कहिलै नभुल्ने वताउदै कार्यक्रममा प्रमुख अतिथीको रुपमा निमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गनूभयो ।
कार्यक्रममा तमु धी अध्यक्ष हरि गूरुङले भेटघाट कार्यक्रम निकै रमाइलो र फलदायी भएको वताउदै नया सदस्यहरुको आगमनले समाज झन मजवुतभएको वताउदै सवैलाई धन्यवाद व्यक्त गर्नूभयो । यसै गरि खेन रिम्पुछे शीरलामा गुरुङले अवको यूवाहरुलाई लक्षित गरि वावा आमा र परिवार प्रती सदा करुणामय भाव दर्शाउनु पर्ने र धार्मिक ज्ञान वृद्धी गरि सुखमय जिवन जिउन आग्रह गनूभयो ।
कार्यक्रममा एन आर एन यूकेका आइसीसी सदस्य ह ले चन्द्र व गुरुङले ग्रीष्मकालिन समर भेटघाट कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नया सदस्यहरुको आगमनले खुसी लागेको वताउनु भयो साथै उहाले आफुलाई एन आर एन यूके आइसीसी सदस्य मा भारीमतका साथ जिताएकोमा सवैलाई धन्यवाद दिनुभयो ।

मन्तव्यकै अन्तमा चार भन्ज्याङ तमु समाजका अध्यक्षका अध्यक्ष श्री बेन कुमार गुरुङले सम्पुर्ण लाई सम्वोधन गर्दै ग्रीष्मकालिन कार्यक्रमको परिचय , उद्देश्य साथै स्थापना कालदेखी गर्दै आएको चलन चल्ती रितीरिवाज धर्म संस्कार भेष भुषालाई संरक्षण गरि भावी सन्ततीलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउदै सम्पुर्ण अतिथीहरु नवविवाहित जोडीहरु तथा नवआगन्तुक सदस्य ज्युहरु एबम विभिन्न विद्यामा विभोषित विशिष्ट ब्यक्तित्य ज्युहरु,साथै सम्पुर्ण चार भन्ज्याङ वासी दाजुभाई दिदीवैनीहरु बिशेष गरी प्यारि चेलिवेटी दिदिबहिनी तथा ज्वाई दाज्युभाइ ज्युहरु साथै आजको कार्यक्रम सफल पार्न अहोरात्र खटुनुहुने सम्पूर्ण समाजका मान्ज्यजन महानुभाव ज्युहरुलाई कृतज्ञता सहित हार्दिक धन्यावाद व्यक्त गनूभएको थियो ।
भेटघाट कार्यक्रममा नेपालवाट आउनुभएका ख्यातीप्राप्त सर्जक तथा लोकदोहोरी गायक शिव हमाल र अत्यान्तै कोमल स्वारकी धनी लोकदोहोरी गायक मनमाया वाइबाको सांगितिक प्रस्तुतीमा सम्पुर्ण उपस्थित मानुभाव ज्युहरु सांगितिक माहुलमा रम्नु भएको थियो । कार्यक्रममा चार भन्ज्याङ गाउको आफ्नै मौलिक भाषा सस्कृतिमा आधारित भेगीय मौलिक सालैजो भाकाले सवैलाई मनोरन्जीत तुल्याएको थियो भने कार्यक्रमको समाप्ती पछी पनि थप १ घण्टा समय थप गरि मनमाया वाइवार शिवहमालको दोहोरी गित वाट कार्यक्रमको समापन गरिएको थियो ।
