शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023
spot_img

पर्वतको कुश्मा नगरपालिकाले थाल्यो ‘डग सर्चिङ’ अभियान

पर्वत ११ असोज
पर्वतको कुश्मा नगरपालिकामा सडकमा छाडिएका कुकुर र घरमा पालिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको छ । विश्व रेविज दिवशको अवसरमा कुश्मा नगरपालिका पशु सेवा शाखाको आयोजना र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत र नेपाल पशु स्वास्थ्य सेवा संघ (नेल्टा) पर्वतको प्राविधिक सहयोगमा कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको हो ।
असोज ४ गते देखि कुकुरको खोजि गर्दै खोप लगाउने अभियान असोज ११ मा सम्पन्न भएको छ । यो अभियान अन्तर्गत नगर भित्रका ९२ वटा छाडा तथा सामुदायिक कुकुरमा रेबिज विरुद्द र आन्तरिक तथा बाह्य परिजिवी विरुद्दको खोप दिइएको कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक डा. रुपक कंडेलले जानकारी दिए ।
रेविज बिरुद्धको खोप लगाएपछि कुकुरले टोकेमा मानिसलाई गम्भिर खालको समस्या नहुने र परजीवी बिरुद्धको खोप दिँदा कुकुरमा स्वास्थ्य समस्या नहुने भएकाले अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको कंडेलले बताए । खोप लगाइएका पशुको पहिचानको लागि र रातको समयमा हुने दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले प्रत्येक कुकुरलाइ (लाईट रिफेलक्टीङ बेल्ट) हरियो पेटी बाँधेर छाडिएको छ ।
छाडा कुकुरले टोक्ने जोखिम बढिरहेको नागरिकको गुनासो थियो । विशेष गरि राती र विहानपख सडकमा घुमघाममा निस्कने मानिसलाई कुकुरले टोक्ने समस्या थियो । रेविज बिरुद्धको खोप नलगाएको कुकुरले टोकेमा मानिसलाई पनि रेविज रोग लागेर समस्या हुने देखेर कुकुर खोजिखोजि खोप लगाईएको डा. कंडेलले जानकारी दिए । उनले कुश्माका सबै बस्ती र गल्लीमा डुलेर प्राविधिक कर्मचारीले कुकुरलाई खोप लगाएका जानकारी दिए । विगतमा छाडा कुुकुर नियन्त्रण गर्न नगरपालिकाले कुकुरको बन्ध्याकरण शिविर पनि सञ्चालन गरेको थियो । आगामी दिनमा पनि कुकुरको संख्या कम गर्न बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने कुश्मा नगरपालिकाको योजना छ ।
सप्ताहब्यापी कार्यक्रम अनुरुप नगरपालिका अन्तर्गत १४ वटै वडामा रेबिज बारे जानकारी मुलक ब्यानर सहित नगर भित्रका विभिन्न विधालयमा कक्षा ८,९,१० मा अध्ययनरत विधार्थीहरुलाई रेबिज सचेतना कार्यक्रम गरिएको छ । विद्यार्थीहरुलाई रेविजको बारेमा जानकारी दिँदा समूदायमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले विद्यालयमा पुगेर रेविजको बारे सचेतना कक्षा सञ्चालन गरिएको कुश्मा नगरपालिकाले जनाएको छ

spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img