पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये १ जनाको शव फेला परेको छ ।
भिषण बर्षात संगै खोलामा आएको बाढिले ग १ ज ६३१३ नम्बरको जीप बगाउँदा जीपमा सवार ३ जना यात्रु वेपत्ता भएका थिए ।
बर्षातको कारण आएको बाढिले बगाउँदा वेपत्ता भएको जीप भने सोहि खोलाको झण्डै ७ सय मिटर तल पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको छ ।
जीपका पाट्सहरु छरिरहेको रहेको र जीपको मुख्य भाग बाढिले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जीपमा सवार भनिएका ३ जना मध्ये २ जनाको भने पहिचान भएको र थप पुष्टि हुने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जीपमा सवार मध्ये रुपन्देही घर भएका गोपाल वस्नेत र कास्की घर भएका विजय पौडेलको पहिचान भएको छ । थप १ जनाको पहिचान हुन बाँकी रहेको छ ।
शव खोलाको किनारमा फेला परेको हो । शनिवार साँझ ७ बजेको समयमा तमादीखोलामा बाढि आएको थियो । चालकले जीप पार गर्न खोज्दा जीप ढुंगामा अड्किए पछि चालक जीपबाट झरेको र सोहि बेलामा बाढिले जीप बगाएको चालकलाई उद्धत गर्दै प्रहरी श्रोतले जनाएको छ । जीप बगाएको खबरव पाएपछि उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालित भएको थियो ।