शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023
spot_img

जिल्ला प्रशासन कार्यालय पर्वत कार्यसम्पादन मूल्याङ्कनमा नवौँ

पर्वत-जिल्ला प्रशासन कार्यालय पर्वत कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै नवौँ र गण्डकी प्रदेशका ११ जिल्ला मध्ये दोश्रो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएको आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये पर्वत नवौ भएको हो भने गण्डकी प्रदेशको दोस्रो उत्कृष्ट जिल्ला बनेको हो ।


देशका ७७ जिल्ला मध्ये गुल्मी जिल्लाले ९६ दशमलव ९४ अंक प्राप्त गरी पहिलो बनेको छ भने सिराहा जिल्लाले ६१ दशमलव ५६ अंकका सात ७७ औँ स्थानमा रहेको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये नवलपरासी पुर्व ले ९५ दशमलव ३८ अंक प्राप्त गरी देशभरमा पाँचौँ स्थान र गण्डकीमा पहिलो स्थानमा रहेको छ भने पर्वतले ९४ दशमलव ८१ अंक प्राप्त गरी देशको नवौ र गण्डकीको दोश्रो उत्कृष्ठ जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आर्थिक बर्ष २०७८।७९ मा ११ औँ स्थानमा रहेको पर्वतले कार्यसम्पादनमा सुधार सँगै अहिले नवौ स्थानमा स्तरबृद्धि भएको हो ।
गृह मन्त्रालयले जिल्लालाई ३ बर्गमा विभाजन गरी सोही बमोजिम विभिन्न सुचकहरुका आधारमा मुल्याङकन गरेको थियो । गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा फस्यौट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका विषयहरू रहेका थिए । गृह मन्त्रालयले २३ जिल्लालाई क बर्ग, ३८ जिल्लालाई ख बर्ग र १६ जिल्लालाई ग बर्षमा विभाजन गरेको छ । जसमध्ये पर्वत ख बर्ग अन्तर्गत पर्दछ ।


प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लालाई यो स्थानसम्म ल्याउनका लागि सहयोग गर्ने जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, कार्यालय प्रमुख तथा कर्मचारी, नागरिक समाज, विभिन्न सङ्घ-संस्था एवम् सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा जिल्लाको समग्र कार्यसम्पादनलाई थप चुस्तदुरुस्त बनाएर कार्यसम्पादन मुल्याङकनमा अझै उत्कृष्ठ जिल्लाका रुपमा स्थापित गराउन सवैको सहयोगको अपेक्षा रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img