पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको चौथो पर्वतको जलजलामा सम्पन्न भएको छ अधिवेशनले गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अगिल्लो कार्याकालमा बरिष्ठ उपाध्यक्ष रहेका शर्मा यस पटक सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन ।

उहा हाल स्विटजरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा दधी आचार्य बेलायत, उपाध्यक्षहरुमा क्रमश बाबुराम शर्मा अमेरिका, शेषराज तिमिल्सिना कतार, मणि प्रसाद भुर्तेल युएई, सुभाष लामिछाने जापान, महिला उपाध्यक्षमा संगिता कार्की कुँवर दक्षिण कोरिया, चयन भएका छन् ।