२१ असार पर्वत ।
मनसुन सुरु भए संगै देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ ।असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु फैलिएको हो ।
मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने स्वास्थ्य कर्मीको वताएका छन् ।
डेंगु एक भाइरल कीटजन्यरोग हो जुन लामखुट्ट्को टोकाइवाट सर्ने गर्छ । डेंगु संगै लामखुट्टेको टोकाइले औलो रोग पनि फैलिन सक्ने सम्भावना रहन्छ । एनिफेलिज जातको पोथी लामखुट्टेको टोकाइवाट औलो मलेरिया सर्नै गर्दछ ।
गर्मी र वर्ष संगै लामखुट्टे लगायत विभिन्न किराहरको टोकाइले विभिन्नरोगहरु फैलिन सक्ने भएकोले पर्वतमा किटजन्य रोग नियन्त्रणका लागि आज अभिमुखीकरण कार्याक्रम सम्पन्न गरिएको छ ।
अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै पर्वत अस्पतालका डाक्टर सनम ढकालले डेंगु, मलेरिया, कालाजार, जीका भाइरस, स्क्रव टाइफसमध्ये पर्वत जिल्ला डेंगुको जोखिममा बढी रहेको बताउनुभयो । एडिज जातको लामखुट्टेको पोथीबाट डेंगु सङ्क्रमण फैलिने भन्दै उहाँले एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा एक हजारसम्म अण्डा पार्ने जानकारी दिनुभयो ।
डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्ने भएकोले यसबाट बच्नको लागि सबै उमेर समूहका व्यक्तिहरू लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उहाँको सुझाव छ ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले किटजन्य रोगहरुमध्ये अहिलेको अवस्थामा डेंगु सबैभन्दा जोखिमपूर्ण रहेकोले आफ्नो क्षेत्रमा पानी जम्ने अवस्था भएमा त्यसको सरसफाइमा जुट्न सबैलाई अनुरोध गर्नुभयो ।अबको दुईरतीन हप्तामा डेंगुको सङ्क्रमण उच्च हुन सक्ने विगतको तथ्याङ्कले देखाएकोले स्वास्थ्यकर्मीहरुले दिनुभएका सुझावहरू सबैले पालना गर्नुपर्ने उहाँको भनाइ छ ।
डेंगु लाग्न नदिन लामो समयसम्म एउतै ठाउमा पानी जम्मा हुन नदिने र यदी कुनै पानी जम्न सक्ने भाडाकुडा हरु छ भने , तेसलाई राम्ररी छोपेर राखने या नस्ट गर्नु पर्छ ।
लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ ।
पुरै शरीर मा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ ।
झ्याल ढोका हरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरि जाली रपर्दा या झूलको प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझावरहेको छ ।
कार्यक्रममा मलेरिया, कालाजार, जीका भाइरस, स्क्रव टाइफस लगायतका सङ्क्रमणहरू फैलिनुको कारण र यसको निदानका विषयमा स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत ममता ढकालले सहजीकरण गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरू सहित कुश्माका विभिन्न वडाका स्वास्थ्य स्वयंसेवीककाहरु सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पब्लिक हेल्थ नर्सिंग निरीक्षक सुमन शर्माले गर्नुभएको थियो