निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, भदौ ३०, २०८१
Sunday, September 15, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

विगतमा भलिबलले चिनिएको खाल्टे गाँउमा २० वर्ष पछि प्रतियोगिता

डिल वि.क /
१७ आश्विन २०८० पर्वत/

विगतमा भलिवल खेलले चिनिएको चारभञ्याङ गाँउ फलेवास ८ ठानामौला खाल्टेमा २० वर्ष पछी खूल्ला भलिवल प्रतियोगिता हुने भएको छ । रोजगार र शिक्षाको लागि यूवाहरु गाँउ छोड्न थालेपछी खेलकुद संगै गाउ सुनसान वन्दै गएको अवस्थामा पछिल्लो समय यूवाहरुको सकृयतामा खेलकुद कार्यक्रम आयोजना हुन लागेको हो ।
कुनै वेला हरेक वर्ष खेलकुद र सांस्कृतिक कार्याक्रम आयोजना हुने खाल्टे गाँउ भलिवल खेल र राम्रा खेलाडीले चिनिएको गाँउ हो । भलिवल खेलले चिनाएको गाँउ केही वर्ष सुनसान वने पनि यतीवेला चारभञ्याङ यूवा समाज गठनले चिनाउन थालेको छ ।
यूवा समाज गठन संगै समाजले विजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा फलेवास ८ ठानामौलामा क्रियाशिल चारभञ्याङ यूवा समाजको सक्रियतामा प्रतियोगिता आयोजना हुन लागेको हो ।


भलिवल प्रतियोगिता यही कार्तीक १ देखी ३ गते सम्म आयोजन गर्न लागेको चारभञ्याङ यूवा समाजले जनाएको छ । भलिवल प्रतियोगिता सगै अन्य प्रतियोगिता पनि संचालन गरिने तथा सास्किृतक कार्यक्रमहरुले दर्शकहरुलाई मनोरञ्न प्रदान गरिने समाजका अध्यक्ष मञ्जिन गूरुङले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ४००००। शिल्ड मेडल र प्रमाण पत्र ,द्धितीयपुरुस्कार २५००० शिल्ड मेडल र प्रमाण पत्र र तृतिय पुरस्कार नगद रु १५०००। शिल्ड मेडल र प्रमाण पत्र रहेको र खेलमा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने समाजका सचिव सुमन जिसीले वताएका छन् ।

निकै लामो समय पछी खाल्टेमा आयोजनाहून लागेको खुल्ला भलिवल प्रतियोगिताका लागि पुर्व खेलाडी तथा सुभचिन्तकहरुले खुसी हुदै आर्थिक सहयोग समेत गरेका छन् । जस अनुसार प्रथम पुरस्कारको प्रायोजन ठानामौला खाल्टे निवासी हाल हङकङमा रहेका श्याम गूरुङ र सुरज गूरुङले गरेका छन् भने द्धितिय पुरस्कार प्रायोजन अनिल गुरुङ र सुमित गूरुङले गरेका छन् । तेसै गरि तृतिय पुरस्कारको प्रायोजन ठानामौला विरौवारी निवासी हाल कतारमा रहेका अर्जुन रसाइलीले गरेका छन् ।

ठानामौला खाल्टेगाउ यूवाहरु रोजगारका लागि वाहिर जानेक्रम वढेपछी सुनसान वन्दै गएको थियो । गाउमा राम्रो खेलकुद मैदान भएपनि यूवाहरुमा खेल प्रतियोगिता प्रती सक्रियता नहुदा लामो समय सम्म यस गाउमा खेलाका प्रतियोगित हुन सकेका थिएनन्। चारभञ्याङ यूवा समाज गठनले यूवाहरुमा खेलकुद साथै अन्य सामाजिक कार्यमा पनि जोसजागर र सक्रियता वढेको समाजका कोषाध्यक्ष तथा भलिवल खेलाडी विक्की गूरुङले वताए ।
चारभञ्याङ यूवा समाजले इतिहासको सम्झना गर्दै धेरै वर्षपछि आयोजन गर्न लागेको खूल्ला भलिवल प्रतियोगिता सफल पार्न फलेवास लगायत विभिन्न ठाउका खेलाडीहरु तथा सुभचिन्तकहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रतियोगितामा अनुमानित ३ लाख खर्चहूने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा टाढा वाट आउने खेलाडीहरुलाई स्थानिय चारभञ्याङ सामुदायिक होमष्टेमा वस्नका लागि व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

निकै लामो समय पछि खाल्टेगाउमा आयोजना हुन लागेको खूल्ला भलिवल प्रतियोगिले गाउको चिनारी हुने साथै भलिवल खेलप्रमीहरु हर्षित भएको खाल्टे गाउका पुर्व खेलाडी रोशन गूरुङले वताउनु भयो । गाउमा आयोजना हुने खेलकुद मेलाले स्थानिय होमष्टे प्रवद्र्धनमा पनि सहयोग पुग्ने उहाको भनाइ रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img