निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सहकारी मार्फत आयआर्जनका लागि २८ लाख सहयोग

असार १२ पर्वत
स्थानिय स्तरमा प्रवद्र्धन गरिएका सहकारी संस्थाका शेयर सदस्यहरुको आयआर्जनका लागि २८लाख २० हजार रुपैया सहयोग गरिने भएको छ । पर्वतमा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत गठन गरिएका सहकारी संस्थालाई उक्त रकम हस्तान्तरण गर्न लागिएको हो । सहकारीमा आवद्ध ५७ जना कृषक परिवारहरुको आयआर्जनका लागि उक्त रकम घुम्तीकोषको रुपमा सहकारीलाई प्रद्धान गर्न लागिएको हो । सहयोग रकम मोदी गाउपालिका ४ मा रहेको लेस्पार कृषि सहकारी संस्था, फलेवास नगरपालिका ७ मा रहेको दिपज्योतिकफि सहकारी संस्था र फलेवास नगरपालिका ९ मा रहेको भंगरा सामाजिक एकता कृषि सहकारी संस्थालाई हस्तान्तरण गरिएको छ भने मोदी गाउपालिका १ मा रहेको नवज्योतिकफि तथा कृषि सहकारी संस्था र मोदी गाउपालिका ३ मा रहेको देउराली बहुउदेश्यीय सहकारी संस्था लाइ छिट्टै हस्तान्तरुण गरिने एकिकृत सामुदायिका विकास परियोजनाका सहकारी व्यवसाय विकास अधिकृत रमेश प्रसाद रिजालले जानकारी दिनुभयो । सहकारी संस्थालाई सदस्यहरुको मागको आधारमा ४० देखी ६० हजार उपलब्ध गराईने संस्थाले जनाएको छ ।
समाज कल्याण श्रोत विकास केन्द्र (सोडेक नेपाल)ले गुड नेवर्स इन्टरनेशन,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पर्वत जिल्लाका मोदी गाउपालिका र फलेवास नगरपालिका संचालन गरेको एकिकृत सामुुदायिक परियोजनामार्फत उक्त कार्यक्रम संचालन गरिएको हो । संस्थाले कार्यक्षेत्रमा विगत ६ वर्षदेखी निरन्तर रुपमा सहकारी मार्फत आयआर्जनका कार्यक्रम संचालन गर्दै आएको छ भने विपन्न वालवालिकाहरुलाई शिक्षामा समेत सहयोग गर्दै आएको छ । सहकारी संस्थालाई रकम हस्तान्तरण गर्देै सोडेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाले संस्थाको सहयोगमा गठन भएका सहकारीहरुको संस्थागत विकासमा निरन्तर सहयोग गर्दै आएको वताउनु भयो । कार्यक्रमका वोल्दै गुड नेवर्स इन्टरनेशनल,नेपालका जिल्ला संयोजक मन कुमार राईले गुड नेवर्स इन्टरनेशनल नेपालले ग्रामिण स्तरमा सहकारी मार्फत आयआर्जनका कार्यक्रमहरु संचालन गर्न सहयोग पुर्याउदै आएको वताउदै समुदायको आवश्यकता अनुसार संस्थाले थप सहयोग उपलब्ध गराउने जानकारी दिनु भयोे ।

संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल,नेपालका जिल्ला संयोजक मन कुमार राई ,सहकारी संस्थाका अध्यक्ष , व्यवथापकहरु र सोडके नेपालका कर्मचारीहरुको उपस्थितीमा रहेको थियो भने कार्यक्रमको संचालन सहकारी व्यवसाय विकास अधिकृत रमेश प्रसाद रिजालले गर्नूभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img