निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

स्थानीय तहमा कृषि विकास, सुशासन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन अनुभव आदनप्रदान सम्पन्न

असार, पर्वत-स्थानीय तहको कृषि विकास तथा अन्य नीतिगत विषयमा केन्द्रित सिकाइ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा सोमबार उक्त  कार्यक्रम कुश्मामा सम्पन्न भएको हो।

कार्यक्रममा पर्वत जिल्लाभित्रका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय तहमा कृषि विकास, सुशासन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा अनुभव आदानप्रदान गरिएको थियो।

स्थानीय तहबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गरी सुशासन तथा विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका अवसरमा महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्ड्यले गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको अनुभव प्रस्तुत गर्दै त्यसका लागि अपनाइएका विधि, प्रक्रिया र वित्तीय अनुशासनका अभ्यासबारे सहजीकरण गर्नुभयो। उहाँले योजना कार्यान्वयनदेखि भुक्तानी प्रक्रिया, नियमित अनुगमन, पारदर्शिता तथा कानुनी प्रावधानको पूर्ण पालना गरिएकै कारण महाशिला गाउँपालिका शून्य बेरुजुको उपलब्धिमा पुग्न सफल भएको बताउनुभयो।

पाण्ड्यले वित्तीय सुशासन कायम गर्न कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाबीचको समन्वय तथा जवाफदेहितालाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तहहरूबीच यस्ता सिकाइ अनुभव आदानप्रदान कार्यक्रमले असल अभ्यास विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले कृषि विकासका सफल अभ्यास, नीति निर्माण तथा कार्यान्वयनका अनुभवहरू साझा गर्दै स्थानीय सरकारको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img