निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

डिभिजन वन कार्यालय पर्वतवाट ८० हजार विरुवा वितरण हुने

डिल व विक पर्वत
२१ असार २०७९ पर्वत /
डिभिजन वन कार्यालय पर्वतवाट ८० हजार डालेघासँ , जडिवुटी र वहुवर्षे विरुवा वितरण हुनेभएको छ । कार्यालयको आव २०७८/२०७९ को वार्षिक कार्यक्रम अन्र्तगत विरुवाहरु वितरण हुनलागेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
डालेघास अन्तर्गत रायो , खन्यू का विरुवाहरु ४० हजार र जटिवुटीतथा वहुवर्षे विरुवाहरुमा अमला कल्की गुलमोहर , कुरिलो , अस्ववन्धाका विरुवा ४० हजार वितरण हुन लागेको हो । हरेका वर्ष विरुवाहरु वितरण गर्दै आएको डिभिजन वन कार्यालयले यस वर्ष पनि असार वाट विरुवा वितरणगर्न थालेको छ ।

पर्वतमा वाझो जमिनमा डालेघासको रुपमा रायूखन्यो ,निमारो वढी मात्रमा लगाउने प्रचलन अनुसार माग वढि आउने गरेको डिभिजन वन अधिकृत विष्णू प्रसाद अधिकारीले जानकारी दिनुभयो । पर्वतमा कुश्मा नगरपालिका र विहादी गाउपालिका वाट वढि मात्रमा विरुवाको मागआएको कार्यालयको तथ्यांक रहेको छ ।

हाल सम्म करिव ४५ हजार विरुवा वितरण भै सकेको र अरु विरुवाहरु हरेक दिन कार्यालय समयमा वितरण भै रहेको सहायक वन अधिकृत केशव पुडासैनिले जानकारी दिनु भयो । तेसैगरि पर्वतमा ६ वटा सव डिभिजन वन कार्यालय रहेको र सवडिभिजन कार्यालय मोदी गाउपालिका पातिचौर वाट समेत २६५०० विरुवा वितरण भैरहेको छ ।
कार्यालयले सामान्य निवेदनको आधारमा १०० वटा सम्म विरुवा उपलब्ध गराउने गरेको र सो भन्दा वढि लानका लागि लालपुर्जाको प्रतिलिपी र स्थानिय निकायको सिफरिस पेश गर्नूपर्ने नियम रहेको सहायक वन अधिकृत अरुणा पौडेलले जानकारी दिनुभयो । कृषकहरुको मागको आधारमा ६ हजार फलफूलका विरुवाहरु समेत वितरण गरिएको कार्यलायले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img