निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

लमायखोलाको पानी लिफ्टिङ गरि ७०० मिटर उचाईं लिमिकोटमा

पर्वत/ लमायखोलाबाट करिव ७०० मिटर उचाईंमा लिफ्टिङ गरि मैदानस्थीत लिमिकोटमा पानी ल्याइएपछि फलेवास नगरपालिका–३ शंकरपोखरीबासीको सपना अब छिट्टै पुरा हुने भएको छ । लिफ्टिङको पानी फलेवास २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा बितरण हुने छ । मंगलबार प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले लमायखोलास्थीथ दुरबुटीमा रहेको पानीका लागि जडान गरिएको विद्युत मिटरको स्वीच दबाएर मैदानस्थीत कोटमा पानी खसालेर खोलाको पानी शंकरपोखरीमा ल्याउने प्रकृया शुरु गर्नुभएको हो । आयोजनाको ट्याङ्की निर्माण, विद्युतिकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भएसंगै मंगलबार लमायखोलाको पानी मुख्य ट्याङ्कीमा परिक्षणका लागि खसालिएको हो । तत्कालीन पृथ्वीसुव्वा गुरुङ नेतृत्वको प्रदेश सरकारको विशेष पहलमा शुरु भएको यो योजना खानेपानी डिभिजन कार्यालय बागलुङ, विद्युत प्राधिकरण लगायतले गत महिनादेखि आ–आफ्नो जिम्मेवारीको काम दतारुकताका साथ अघि बढाएका थिए ।फलेवास नगरपालिकाका सस्थापक मेयर पदमपाणि शर्माले शंकरपोखरीका जनता लाई पानि ब्यबस्थापन गर्नलाई आफू मेयर हुदा देखि नै यो भिजन प्रस्तुत गरेर निरन्तर लागिरहेका थिय अहिले आयर यो सफल भयको छ । शंकरपोखरीका जनताले सस्थापक मेयर शर्मालाई धन्यवाद समेत दिएका छन।बिभिन्न निकायबिचको समन्वय र सहकार्यको अभावका साथै बजेटको समेत कमीका कारण रोकिएको आयोजनाको काम उता बर्तमान मेयर तिवारीको निरन्तरको ताकेतापछि तदारुकताका साथ अघि बढेको हो । उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार परिक्षण सफल भएपछि पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत बितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरि उपभोक्तामा विद्युत मिटर सहितको धारा जडान गर्न अझै केहि समय लाग्ने उपभोक्ता समितिका सचिव कमलप्रसाद भुषालले बताउनुभयो । आर्थिक वर्ष २०७५र०७६ देखि शुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपैया लागत स्टमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपैया मात्र खर्च भएको छ । आयोजनाको भौतिक तथा बित्तिय प्रगति २१।३४ भएको र बाकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img