निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

शैक्षिक सुधारका लागि भूपू विद्यार्थी समाजको पहलमा अन्तरक्रिया


पर्वत । शैक्षिक सुधारका लागि पर्वतको कुश्मा १० पिपलटारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक शिक्षा कमजोर भएको जनगुनासो वढ्न थालेपाछी पूर्णेश्वर भूपू समाजको पहलमा अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको हो ।
प्रतिनिधिमूलक उपस्थिति गराइएको उक्त कार्यक्रममा फरक अभ्यास गर्दै कार्यक्रमको उद्घाटन गरियो । तीन दर्जन बढी सहभागीहरुका बीच कुश्मा १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले बुधबार सार्वजनिक शिक्षाका समस्याको पोको समाधानको कैंचीले काटेर कार्यक्रमको विधिवत् उद्घाटन गरे ।
कार्यक्रममा आयोजकले सहभागीहरुलाई पहिलेनै पेन, डायरी र मेटाकार्ड थमाएर शैक्षिक समस्याहरु झोलामा संकलन गरेका थिए । तीनै समस्याहरु पहिचान गर्ने र समाधान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका सचिव सन्तोष पौडेलले जानकारी दिए ।
चैतेदशैंको माहोललाई विर्सिएर वडा कार्यालयमा जम्मा भएका सहभागीहरुबीच सार्वजनिक शिक्षा सुधारका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा खुल्ला वहस गरे । विभिन्न समूहमा विभाजन गरी समस्या खोतल्ने प्रयास गरिएको सो कार्यक्रममा वडाभित्र रहेका प्रधानाध्यापकहरुको समूह, विद्यार्थी एवं पूर्व विद्यार्थी र संघसंस्थाका प्रतिनिधिहरुको समूह, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि तथा राजनीतिक दलहरुको समूह र विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघको गरी चार समूह निर्माण गरिएको थियो ।
सबै समूहहरुले आ–आफ्नो समूहबाट न्यूजप्रिन्टमा लिपिवद्ध गरिएका समस्याहरुलाई पालैपालो प्रस्तुती गरेका थिए । समूह अन्तर्गतका छफलफलबाट आएका टिपोटहरु पूर्व कार्यापालिका सदस्य तथा विव्यस अध्यक्ष दवेन्द्रबहादुर नेपाली, जनक माविका प्रधानाध्यापक टेकनाथ अधिकारी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष रामचन्द्र सुवेदी, जनक माविका शिक्षक भिमराज सापकोटा र वडा सचिव नारायण लामिछानेले प्रस्तुत गरेका थिए ।
छलफलपछि सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी समस्या समाधानका लागि ११ सदस्यीय समिति निर्माण गरिएको छ । सो समितिले तत्काल देखिएका समस्या र समाधानका विकल्प वडा कार्यालयलाई सुझाउने र सोही बमोजिम आगामी योजना बन्ने वडा कार्यालयले जनाएको छ ।
वडा नं. १० को कार्यालयमा भएको सो कार्यक्रममा गहते अम्बोट आधारभूत विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल र शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेलले आफूले भोगेका समस्या र राम्रो विद्यालय बनाउन गरिएका पहलहरुको बारेमा अनुभव सुनाएका थिए भने शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतका अध्यक्ष यज्ञप्रसाद शर्माले सार्वजनिक शिक्षा सुधारका लागि सरोकारवालाहरुको ध्यानाकृष्ट हुने गरी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व गाविस अध्यक्ष तथा नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय मेघनाथ सुवेदी, शान्त पौडेल, नेपाल सरकारका उपसचिव, पूर्णेश्वर माविका पूर्व विद्यार्थी उद्वीर नेपाली, निवर्तमान वडाध्यक्ष सुजन विक, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेल लगायतले भूपू समाज र एनसिई नेपालले शैक्षिक क्षेत्र सुधारका लागि असल कार्यको थालनी गरेको भन्दै वडास्तरबाट समस्या पहिचान गरिनुले दीगो समाधानको विकल्प खुल्ने बताएका थिए । उनीहरुले यस्ता कार्यक्रम आयोजना गरिनु वडाको सामुदायिक शिक्षा सुधारका लागि राम्रो संकेत भएको बताए । कार्यक्रममा बोल्दै उनीहरुले शैक्षिक सुधारका लागि असल अभ्यासको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै शिक्षामा देखिएका बेथिति हल गर्न आफ्नो क्षेत्रबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको संचालन समाजका सचिव सन्तोष पौडेलले गरेका थिए । सो कार्यक्रममा स्वागत जनक मावि भूपू समाजका सचिव गणेश पौडेल र धन्यवाद मन्तव्य शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतका सचिव आशिष पौडेलले गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img