निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

ग्रिन फलेवास क्लिन फलेवासमा कुरा नमिल्दा नगरसभा अन्योलमा

१० असार/
पर्वतको फलेवास नगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभा स्थगन हुदा वजेट आउन सकेको छैन ।आगामी वर्षका लागि वजेट सार्वजनिक गर्नेगरि आइतवार आयोजना गरिएको नगर सभा स्थगन भएको हो ।आइतवार सुचना टास गरि नगर सभा स्थगन भएको जानकारी गराइएको छ ।

नगरप्रमुख गंगाधर तिवारीले विषेश कारणले नगरसभा हुन नसकेको र अर्कौ सुचना नभए सम्म स्थगन भएको सुचना मार्फत जानकारी दिएका छन् । फलेवास नगरपालिकाले लामो समय देखी संचालन गदै आएको ग्रिन फलेवास क्लिन फलेवास कार्यक्रम हटाउने गरि नेपाली कांग्रेस वाट निर्वाचित वडा अध्यक्षहरुले प्रस्ताव गरे पछि विवाद भएको हो ।
नेपाली कांगे्रस वाट निवार्चित वडा अध्यक्षहरुले ग्रिन फलेवास क्लिन फलेवास कार्यक्रम हटाउनु पर्ने माग गर्दै आएका छन् भने एमाले वाट निवार्चित वडा अध्यक्षहरुले कार्यक्रमलाई निरन्तर दिनु पर्ने र आवश्यक वजेटको समेत व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
फलेवासका हरेक वस्तीमा आनीवानी सुधार गर्दै सरसफाइका सुचकहरु सहित संचालनमा रहेको फलेवास नगरपालिकाको गौरवको कार्यक्रम ग्रिन फलेवास क्लिन फलेवास कार्यक्रम हटाउन नहुने फलेवास नगरपालिका ८ का वडा अध्यक्ष मन व कुवंरले वताउनु भयो ।
कार्यक्रम हटाउदा वालमैत्रि शासन सहति नगरका ७५ सुचकहरु समेत आुझेलमा पर्ने उहाको भनाइ रहेको छ । नगरसभाका लागि सहमती जारी रहेकोले छिट्टै निकासमा पुगिने नगर सचिवालयले जनाएको छ ।

यता जलजला गाउपालिका पनि वजेट संसोधनको विषयमा कुरा नमिल्दा गाउ सभा स्थगन भएको छ ।आइतवार आयोजना गरिएको गाउ सभा सदस्यहरु अनुपस्थित हुदा स्थगन भएको हो । ४७ जना गाउ सभा सदस्य रहेको जलजलामा एमालेवाट निर्वाचित जनप्रतिनिधीहरु अनुपस्थित भएकोले गाउ सभा स्थगन भएको हो । पर्वतको जलजला गाउपालिकामा एमाले वाट निर्वाचित २७ जना गाउ सभा सदस्य रहेका छन् । वजेट संसोधनको विषयमा सहमती गरि मंगलवार गाउसभाको तयारी भएको जलजला गाउपालिका गाउकार्यपालिकाले कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img