निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको ठानामौला र देवीस्थानमा धान दिवसको अवसरमा रोपाई कार्यक्रम, खेतबारी बाँझो राख्न नहुनेमा सरोकारवलाहरुको जोड -सुनौलो खवर


रामचन्द्र भुसाल फलेवास ।

धान दिवसको अवसरमा पर्वतको ठानामौला र देवीस्थानमा रोपाई दिवस सम्पन्न भएको छ । अषाढ १५ अर्थात २० औँ राष्ट्रिय धान दिवसको अवसर पारी कायक्रम गरीएको हो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषि क्षेत्रमा आवद्ध किसानहरुलाई यस्ता खाले कार्यक्रमहरुले हौसला प्रदान गर्ने स्थानियले बताएका थिए ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालकाका नगरप्रमुख गंगाधर तिवारीले धान दिवसको शुभकामना दिँदै खेतबारी बाँझो नराख्न कृषकहरुलाई आग्रह गर्नुभएको छ । कृषी क्षेत्रमा नगरपालिकाले निकै चासो दिएर काम गरीरहेको अवगत गराउँदैँ तिवारीले कृषिमा आधुनिकिरण गर्नको निमित्व उन्नत जातको धानको विउ तिरण गरीनुका साथै मेसिनरी हलो प्रदान गरीएको बताउनुभएयोे ।

कृषकहरुलाई प्रत्साहन हुने हिसावले ठानामौला वडा कार्यलयको आयोजना र फलेवास नगरपालिकाको सहयेग संगै अखिल नेपाल किसान संघको सहकार्यमा ठानामौला कार्यक्रम गरीएको वडाध्यक्ष मन बहादुर कुँवरले बताउनुभएको । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका संस्थापक मेयर पदमपाणि शर्माले नेपालमा मनाईदैँ आईएको राष्ट्रिय गौरवको यो दिवसले कृषकहरुलाई कृषि क्षेत्रबाट अर्थोपार्जनतर्फ लाग्ने भुमिका निर्वाह गरेको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै ठानामौलाका वडाध्यक्ष मन बहादु कुँवरले नेपालमा कृषि क्षेत्रबाट गरीएका कुनैपनी कार्यमहरु असफल नभएको बताउनुभएको छ । हावापानिका हिसावले नेपालमा धेरै प्रकारका खेतिहरुको सम्भावनाठ रहेको बताउँदै उहाँले जग्गा बाँझो राखेर विदेसिएका युवाहरुको लागि नगरले कृषि क्षेत्रमा चासो देखाउँदै काम गर्नुपर्ने आवश्यकाता रहेको अवगत गराउनुभएको थियो । सथै उहाँले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने र कृषि भ्रमणका कार्यक्रमहरुलाई अगाडि बढाउने कुरामा जोड दिनुभयो । ।ठानामौलाको पोखरेधारमा पर्वत जिल्ला भित्रका विभिन्न व्यक्तिहरुको सहभागितामा गोरु र मिनिटेलरको प्रयोग गरी हिलो खेल्दै रोपाई गरीएको हो ।

सहभागिहरुले खेत हिल्याउने, आलि लगाउने जस्त क्रियाकलाप गरी मौलिक गित सुनाउँदै खेत रोपी, हर्ष र खुसिका साथ धान दिवसको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा विभिन्न राजनिनितक दलका पदाधिकारी, प्रतिनिधी, समाजसेवी, स्थानिय कृषक, फलेवास नगरपलिकाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

नगरप्रमुख गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी देवीप्रसाद तिमल्सिनाले गर्नुभएको थियो । यस्तै यता फलेवासको देवीस्थानमा पनी धान दिवसको अवसरमा रोपाई कार्यक्रम गरीएको छ । स्थानिय कला र सस्ँकृतिको महत्वलाई उजागर गर्दै विभिन्न, मानोेरञ्जनात्मक कार्यक्रमहरु गरी दिवस मनाईएको देविस्थानबाट कृषक भरत श्रेष्ठले जानकारी दिनुभयो । देवीस्थानमा बोरीङ्बाट आएको पानी प्रयोग गरी रोपाई गरीएको हो । ढिलो बर्षा सुरु भएका कारण अषाढ १५ सम्म पर्वतमा जम्मा २५ प्रतिशत खेतमा मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img