रामचन्द्र भुसाल, २०८० पौष,
पर्वतको फलेवासमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार जिल्ला प्रहरी कार्यलय पर्वतको आयोजनामा फलेवासको खानिगाउँमा विभिन्न सरोकारवला नागरीकाहरुको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समुदायमा भएका समस्याहरुको पहिचान गरी त्यसलाई समाधान र न्युनिकरण गर्नुपर्नेमा छलफल भएको थियो । नगरीकहरुले नागरीकता बनाउने सम्बन्ध समस्या हुने गरेको, गाडिभाडा तथा टेम्पोहरुले समान भाडादर कायम नगरेको, १६ वर्ष भन्दापनि कम उमेरका व्यक्तिहरुलाईसवारी चालक तथा सहचालकाको रुपमा काममा लगाईने गरेको, समुदायमा विभिन्न वाहनामा अझै पनि हिंसात्मक गतिविधिहरु मौलाईरहको जस्ता कुराहरु उठाएका थिए ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आर्चले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले नागरीकहरुमा असल वानिव्यवहारको विकास गर्नको निम्ति सवै पक्षहरुले पारदर्शिता र जवाफदेहितालाई आत्मसात गरी समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पर्वतमा पछिल्लो समय भईरहका घटनाक्रमहरुको बारेमा आधारीत भएर तयार पारीएको प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक (डिएसपी) खुमलाल भुसालले समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रहेको बताउँदै सम्पुर्ण नागरीकहरुलाई यो अभियानमा आवद्ध भई सहयोग गरीदिनुहुन अनुरोध गर्नुभयो । भुसालले पर्वत जिल्लालाई सुशासन र शान्तिपुर्ण जिल्ला बनाउनमा नेपाल प्रहरीको उल्लेखनिय भुमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले आफ्नो पालिकामा रहेका विभिन्न प्रहरी चौकिहरुसंग हातमालो गर्दै नगरको शान्तिसुरक्षमा सहकार्य गरीएको बताउनुभयो । अवको आवश्यकतालाई मध्यनजर गर्दै प्रहरी चौकि विस्तार गर्ने कुरामा फलेवास नगरपालिकाले सकारात्मक पहल गर्ने भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत फलेवासका नागरीकहरुलाई विभिन्न परामर्श प्रदान गरीएको प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै फलेवास नगर उप–प्रमुख शोभा कुमारी क्षेत्रिले प्रहरी हाम्रो साथी भन्ने मान्यतालाई आधार मानि नागरीकहरुले प्रहरीसंग सहकार्य गर्दै विभिन्न कार्यक्रम गरी डर–त्रास तथा भयरहित समाज निर्माणमा सहयोग पु¥याउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ऋषिराम आचार्य, शसस्त्र प्रहरीका प्रमुख, व्रह्मकुमारी ईश्वरीय विद्यालय खानिगाउँकि प्रमुख जानकी पौडेल, विभिन्न वडाका जनप्रतिनिधि, टोल सुधार समितिका संयोजक तथा पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, प्रहरी चौकि देवीस्थानका ईन्चार्ज कृष्ण बहादुर नेपाली, खानिगाउँ अस्थाई प्रहरी पोष्टका ईन्चार्ज विर्ख बहादुर रोकाय, संगै अन्य प्रहरी, विभिन्न संघ संस्थमा आवद्ध पदाधिकारी, पत्रकार, स्थानिय नागरीक, समाजसेवी लगायत विभिन्न सरोकारवला व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख खुमलाल भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले गर्नुभएको थियो ।








