२५ बैशाख ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतमा हाल सम्म ३८४१ उद्योग दर्ता भएका छन् । यस आवको चैत्र सम्म ८० वटा नया उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।
केही समय अगाडी उद्योग दर्ता हुने संख्या कमी आए पनि पछिल्लो समय उद्योग दर्ताको संख्य वढ्दै गएको हो ।
नेपाल सरकारबाट पनि वेरोजगार समस्याई समधानका लागि उद्योग व्यावसयिलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया वढ्दै गएको हो ।
केही प्रविधिक कारणहरुले गर्दा उद्योग खारेजीका निवेदनहरु पनि आउने गरेको कार्यालयले जनाएको छ । यस आवको चैत्र मसान्त सम्म कुल ३१ वटा उद्योग खारेजी भएका छन्
पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालय संगै साथै स्थानिय तह वाट पनि हुन थालेको छ । दुवै निकायवाट उद्योग दर्ता हुने गरे पछि व्यवसायीहरु कहाँ वाट दर्ता गर्ने भन्ने विषयमा अलमल परेका छन् ।
वाणिज्य फर्म तर्फ भने दर्ताको संख्य संगै फर्म वन्दको संख्य पनि उच्च रहेको छ । यस आवको चैत्र मसान्त सम्म ८२ वटा वाणिज्य फर्म दर्ता भएकोमा ६० वटा वन्द भएका छन् ।
वाणिज्य फर्म तर्फ मुख्य गरि किराना पसल तथा अन्य व्यावसाय रहेका छन् । देशमा देखिएको आर्थिक मन्दिका कारण पसल व्यवसायहरु वन्द गर्नेको संख्य वढ्दै गएको हो ।
कार्यालयले यस आवको कार्यक्रम अन्तर्गत उद्योगहरुको दिगोपना तथा उद्यगीहरुको प्रोत्साहनका लागि २३ उद्योगीहरुलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ ।
पर्यटन पुर्वधार विकास तर्फ यस आवमा ५६ वटा योजना रहेकोमा १९ वटा योजना सम्पन्न भएको र वाकी योजना कार्यन्वयनको चरणमा रहेको कार्यालय प्रमुख असोक कुमार नेपालीले वताउनु भएको छ ।
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026








