निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई उद्धार सामग्री प्रदान

रामचन्द्र भुसाल
पर्वत / पर्वतको फलेवास नगरपालिकाद्धारा नगरभित्रका प्रहरी चौकीलाई विपद व्यवस्थापन तथा उद्धार सामग्री प्रदान गरएिको छ ।


नगरभित्र रहेका देविस्थान प्रहरी चौकी, खानिगाउँ प्रहरी चौकी, भंगरा प्रहरी चौकी र कार्किनेटा प्रहरी चौकीलाई सामग्री प्रदान गरीएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाद्धारा एकपाङ्ग्रे ठेला १ थान, पानी बुट ६ थान, घन १ थान, गौँची १ थान, हेल्मेट १५ थान, वेल्चा ३ थान र कोदाली (फोरुवा) १ थानको दरले चौकीलाई समग्री हस्तान्तरण गरीएको खानिगाउँ प्रहरी चौकीका प्रहरी हवल्दार विर्ख बहादुर रोकायले जनकारी दिनुभयो ।


विपद जुनसुकै वेला पनि आउन सक्ने भएकाले विपदको व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ सामग्री प्रदान गरीएको नगरप्रमुख गंगाधर तिवारीको भनाई रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img