निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मोदी गाउँपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय वीच कार्यसम्पादन सम्झौता

पर्वत ।

जिल्लाको मोदी गाउँपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउनका लागि गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका वीचमा कार्यसम्पादन सम्झौता भएको छ ।

अध्यक्ष शर्मा र अधिकृत पुरीका वीचमा गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा कार्यसम्पादन सम्झौता भएको हो। कार्यसम्पादन सम्झौतामा गाउँपालिकाले लिएको लक्ष्य अनुसारको काम गर्ने विषय उल्लेख गरिएको छ ।

चालू आर्थिक बर्षका बार्षिक कार्यक्रमहरुलाई अगाडि बढाउने सन्दर्भमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुरीले सम्झौता बमोजीम इमान्दारीता साथ कार्य सम्पादन गर्ने बताउनु भयो ।

आफू मातहतका कर्मचारीसंग समेत आफूले कार्य सम्पादन सम्झौता गराउने बताउदै पुरीले सवै शाखाका कर्मचारीहरुलाई बार्षिक कार्यक्रमहरु प्रभावकारी ढंगले सम्पन्न गर्न निर्देशन दिनुभयो।

अध्यक्ष शर्माले कार्य सम्पादन सम्झौताले सेवाप्रवाहको गुणस्तरमा आमूल सुधार आउने अपेक्षा ब्यक्त गर्दै नीति तथा कार्यक्रमलाई सफल बनाउनका लागि तयार भएको बजेटको सहि सदुपयोग गर्न पनि कार्य सम्पादन सम्झौता गरिएको बताउनु भयो।

कार्य सम्पादन सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमल लामिछाने, शाखा प्रमुखहरू , कर्मचारीहरु, वडाध्यक्ष हरु लगायतको सहभागीता थियो ।

कार्यक्रममा उपाध्यक्ष लामिछानेले जनप्रतिनिधि र कर्मचारी सवैले गाउँपालिकाको साझा लक्ष्य र उद्देश्य पुरा गर्ने गरी काम गर्नुपर्ने धारणा राख्नु भयो  ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img