निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज कल्याण श्रोत विकास केन्द्रको ३०औ स्थापना दिवसको अवसरमा विबिध कार्यक्रम सम्पन्न

९ जेष्ठ पर्वत
पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३०औ स्थापना दिवसको अवसरमा विहीवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालय ठानामौलामा विद्यार्थीहरुलाई छात्रवृति वितरण तथा संस्थाका पूर्व अध्यक्ष स्व. नवराज रिजालको सम्झनामा स्मृति दिवस कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रमको सुभारम्भ स्वा नवराज रिजालका पिता फणिनारायण रिजालले दिप प्रज्वलन गरेर गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका सदस्य दर्शनसिंह घलेले संस्थाले स्थापना काल २०५३ देखी निरन्तर सामाजिक विकासका कार्य गर्दै आएको बताउदै संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै धन्यावाद व्यक्त गर्नुभयो ।
ग्रामिण क्षेत्रमा स्थापना भएर पनि पर्वत लगाएत विभिन्न जिल्लामा कार्यक्रम संचालन गर्दै आएको संस्थाले सवैलाई सामाजिक सेवा प्रती अग्रसर गराएको वताउनु भयो ।
कार्यक्रममा गैसस महासंघ पर्वतका सचिव कृष्ण प्रसाद शर्मा , सोडेक नेपालका संस्थापक संयोजक मेघराज शर्मा , उपाध्यक्ष गोविन्द प्रसाद तिमिल्सिना , वडा सदस्य नन्दलाल वहादुर क्षेत्री , लिमिठाना माविका प्रअ विजयराज पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष स्वा नवराज रिजालको सम्झनामा फोटोमा माल्यापर्ण गरिएको थियो भने स्व. रिजालले समाजमा पुर्याउनुभएको योगदानको वारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा संस्थाको पहलमा स्थापना भएको शिशु कल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री तथा पोषाक वितरण गरिएको थियो साथै फलेवास ७ का समाजसेवी लेखप्रसाद पाण्डे , फलेवास ८ का केश वहादुर घले र मिन वहादुर कुवंरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सोडेक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत उच्च शिक्षा अध्ययन गर्ने फलेवास ८ ठानामौला र ९ भंगराका २० जना विद्यार्थीहरुलाई ३ हजारका दरले छात्रवृती प्रदान गरिएको परियोजना संयोजक रमेश प्रसाद रिजालले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव टंक प्रसाद भुषालले गर्नूभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोविन्द प्रसाद शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img