जेष्ठ १४ पर्वत ।
जननेता मदन कुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा नेकपा एमाले फलेवास नगर कमिटीद्धारा विविध कार्यक्रम आयोजना गरी मनाईएको छ ।
नगरकमिटीले भण्डारीको स्मरण गर्दै शालिकमा माल्यर्पण तथा मदनपार्कमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा शालिकमा माल्यर्पण गर्दै नगर अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले मदन भण्डारीको जिवनी, उहाँको योगदान, विचार, जिवनशैली र हाम्रो कार्यभारको विषयमा प्रकाश पार्नु भएको थियो ।

सोहि अवसरमा नेकपा एमाले फलेवास नगर कमिटी पर्वत र ४ नं. वडा कमिटी मुडिकुवाद्धारा निर्माणाधिन मदनआश्रित प्रतिक्षालय सिर्सुवा ट्ेम्पोपार्कमा पनी सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगर कमिटीका पदाधिकारी तथा सदस्य ११ नं. वडा कमिटीका अध्यक्ष युवराज उप्रेती, ४ नं. वडा कमिटीका अध्यक्ष नारायण वहादुर कुंवर, उपाध्यक्ष दिपक भुसाल, सचिव वेदप्रसाद पौडेल, ५ नं. वडा कमिटीका सचिव कृष्ण प्रसाद तिवारी, वडा नं. ६ का उपसचिव पद्म प्रसाद श्रेष्ठ जनप्रतिनिधिहरु भगवती पौडेल, अर्जुन प्रसाद श्रेष्ठ, पार्क निर्माण समितिका पदाधिकारीहरु जगत वहादुर कुंवर, थान वहादुर कुंवर, पूर्ण वहादुर कुंवर, नगर कमिटिका सदस्यहरु नारायण प्रधान, ओम भुसाल, युवराज भुसाल लगायतको उपस्थिती रहेको थियो ।
पर्वत जिल्लामा रहेको एक मात्र मदन पार्कमा पूर्वाधार निर्माणका काम, पार्कको संरक्षण र व्यवस्थापन स्थानीय टोल कमिटीले गरिरहेको छ ।
करिव ११ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा प्रशिक्षणको लागि हल, वालवालिका मैत्री वातावरणका लागि पूर्वाधार निर्माण, जेष्ठनागरिक तथा अपांगता मैत्री पूर्वाधार निर्माण गर्नु पर्ने आवश्यकता रहेको छ ।
मुडिकुवाको सिर्सुवामा निर्माणाधिन मदनआश्रित प्रतिक्षालय पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्तासंग सहयोग संकलन गरी नगर कमिटी र वडा कमिटीले निर्माण गर्न लागेको हो ।
नेकपा एमालेका नगर कमिटीका अध्यक्ष क.देवीप्रसाद तिमिल्सिनाको अगुवाई, पदनपार्क निर्माण समितिको व्यवस्थापनमा भएको कार्यक्रम नगर कमिटी उपसचिव विनोद प्रसाद भुसालले सञ्चालन गर्नु भएको थियो ।











