१५ असार पर्वत /
पर्वतको कुस्माबाट ठानामौला नेपाने जाँदै गरेको ग १ ज ६९७ नम्बरको जिप शनिबार साँझ ठानामौलाको सलिन्धार मा दुर्घटना भएको छ ।
दुर्घटना का घाइतेलाई उपचारका लागि पोखरा लादै गर्दा ठानामौला सलिन्धारा निवासी ३९ वर्षीय डोल बहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुमित श्रेष्ठले जानकारी दिनु भयो ।
घाइते ठानामौला नेपानेका सुरज सुनार , मन वहादुर सुनार जीपका चालक विक्रम सुनार रहेका छन् ।
मन बहादुर सुनार भने बिहान मात्रै फेला परेका थिए । उनलाई स्थानियको गोठवाट उद्धार गरि उपचारका लागि प्रदेश अस्पताल कुश्मा ल्याइएको छ । २ जना घाइतेहरूको उपचार पोखरामा भइरहेको छ ।
पानी परिरहेका कारण जिप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।









