निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चारभञ्ज्याङ तमु समाज युकेको अध्यक्षमा दुर्गा गुरुङ

लण्डन/
चारभञ्ज्याङ तमु समाज युकेको १८औं साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।
१३ जुलाई २०२५, अम्पाएर हल अल्डरसोर्टमा सम्पन सातौ अधिबेशनबाट दुर्गा गुरुङको नेतृत्वमा सातौ कार्यसमिति गठन भएको छ ।

जस अनुसार उपाध्यक्ष अमर गुरुङ , महासचिब सुनिल् गुरुङ , सह सचिब बिजय गुरुङ , कोशाध्यक्ष श्रीमति बिमला गुरुङ , सह कोशाध्यक्ष लाल काजि गुरुङ, कार्यक्रम सयोजक सरुन गुरुङ ,युवा एबम् खेल्कुद् सचिब हितमान घले , युवा एबम् खेल्कुद् सह सचिब रबि गुरुङ , सम्पत्ति बिभाग प्रमुख् नर बहादुर गुरुङ , मनोरन्जन सचिब बुद्ध घले , भोजन सचिब प्रकाश गुरुङ , आमा प्रमुख श्रीमती अमला गुरुङ , आमा सचिब श्रीमती इन्द्र गुरुङ , चेली बेटी प्रमुख श्रीमती मिना गुरुङ , चेली बेटी सचिब श्रीमती रजनी गुरुङ , बेब मास्टर सन्तोष र बिबेक् गुरुङ , क्षेत्रीयसचिब अल्डर्सट चन्द्र बहादुर गुरुङ , छेत्रिय सचिब बेजिङ्स्टोक बुद्ध गुरुङ , छेत्रिय सचिब रेडिङ आनन्द घले , क्षेत्रीय सचिब लण्डन शारदा गुरुङ , क्षेत्रीयसचिब प्लम् इस्टेद बेन कुमार घले , क्षेत्रीय सचिब केन्ट रमेश गुरुङ ,क्षेत्रीय सचिब स्विन्डन मानसिह गुरुङ रहनु भएको छ ।


बेन कुमार गुरुङको छैटौं कार्यसमितिको कार्यवधी सकिए पछि अधिबेशनबाट सातौ कार्यसमितिको गठन भएको हो । अध्यक्ष बेन कुमार गुरुङको अध्यक्षता सुरु भएको कार्यक्रममा समाजका दिवंगत सदस्यहरु प्रती समाजका जेष्ठ नागरिक श्रीमती लक्ष्मी गुरुङले पानसमा राखिएको दिप बालेर श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणा गरिएको थियो ।


कार्यक्रममा करिब ३ दर्जन सदस्यहरुको उपस्थिति रहेको थियो भने संस्थापक अध्यक्ष,चारभञ्ज्याङ समन्वय समितिका पुर्व अध्यक्ष तथा समाजका पुर्व अध्यक्षहरु, सल्लाहकार साथै सिनियर सिटिजन श्रीमती लक्ष्मी गुरुङ लगायतले छैटौ कार्यसमितिले सफलता पुर्वक आफ्नो कार्यकाल पूरा गरि उल्लेखनीय योग्दान पुराएकोमा हार्दिक धन्यवाद बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।


मन्तव्य तथा शुभकामना कार्यक्रम सकिएपछि महासचिवले प्रस्तुत वार्षिक प्रतिबेदन सर्वसम्मत पारित भएको थियो भने कोषाध्यक्ष कमल गुरुङले आफ्नो ३ वर्षको आर्थिक प्रतिबेदन अत्यन्तै पारदर्शी रुपमा प्रस्तुत गर्नु भएको सबैले खुसी व्यक्त गर्दै धन्यवाद सहित पारित भएको थियो ।


कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवम् बिधान संशोधन समितिका संयोजक क्या. कृष्ण बहादुर गुरुङले बिधानमा थपघट तथा हेरफेर गरिएको बुंदाहरु प्रस्तुत गर्नु भएको थियो भने उक्त बिषयहरुमा छलफल र सुझाव दिने क्रम सकिएपछि संसोधित बिधान पारित गरिएको थियो ।


संस्था अध्यक्ष बेन कुमार गुरुङले आफ्नो कार्यकालमा भएका भएका उपलब्धि र सफलताको बारेमा प्रोजेक्टर मार्फत भिडियो क्लिप तथा फोटोहरु देखाउदै समाजका सम्पुर्ण अग्रज इस्टमित्र युथ नानी बाबू कार्यसमितिका सहकर्मी तथा सम्पुर्ण चारभन्ज्याङवासिमा हार्दिक धन्यवाद सहित कृतज्ञता प्रकट गर्नु भयो भने आफ्नो नेतृत्वमा रहेको छैटौं कार्यसमितिको विघटन गर्दै दोस्रो चरणको कार्यक्रमको लागि निर्वाचन आयुक्त संस्थापक अध्यक्ष ले.नारायण प्रसाद गुरुङ बि.इ.यम लाई सुम्पनु भएको थियो ।


निर्वाचन कार्यक्रमको संचालन र्सयोजक ले.नारायण गुरुङले गर्नुभएको थियो वहाँको संयोजकत्वमा मे. कृष्ण गुरुङ, पुर्व अध्यक्ष मदन गुरुङ , पुर्व तमु धिं युकेका अध्यक्ष ग्याम गुरुङ र आमा समूह कि पुर्व अध्यक्ष श्रीमती बिमला गुरुङको निर्वाचन मण्डल करिव ३ महिना अगाडिनै घोषण गरिएको थियो ।


छैटौ कार्य समितीका अध्यक्ष श्री बेन कुमार गुरुङ लाइ तथा प्रथम लेडी तारा गुरुङ लगाएत अन्य सदस्यहरुलाई सस्थाको जेष्ठ नागरिक श्रीमती लक्ष्मी गुरुङ ज्युले खादा र पगरि ओडाइ बिदाइ गरेका थिएं ।


कार्यक्रममा सातौ कार्य समितिका अध्यक्ष श्री दुर्गा बहादुर गुरुङ लाई पगरी र खादा एबम आमा प्रमुख श्रीमती अमला गुरुङ लगाएत अन्या आमा समुहका कार्यसमिती लाई निर्वाचन आयुक्त ज्युले फुल र खादा लगाइ बधाई दिएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img