पर्वत । पर्वतमा सामजिक विकास कार्यालय स्थापना भएको छ । सामाजिक बिकास कार्यालय नहुँदा प्रदेश मातहतका योजना कार्यान्वयनमा समस्या परिरहेको बेला विकास कार्यलाई सहज र प्रभावकारी बनाउन पर्वतमा कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेश मातहत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामजिक विकास मन्त्रालय अन्तर्गत कार्यालय स्थापना गरिएको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भएको भवनमा कार्यालय स्थापना गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालयलाई जिल्ला शिक्षा समन्वय इकाईमा गाभिएको छ । सामाजिक बिकास कार्यायलबाट शिक्षा,महिला तथा बालबालिका,अपाङ्ग,जेष्ठनागरिक,श्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका कामहरु हुने र नागरिकले जिल्लाबाटै सेवा पाउने कार्यालय प्रमुख मोहनचन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले जनताले पाउने सेवालाइ प्रभाबकारी बनाउन जिल्लाबाटै सेवा प्रबाह गर्नेगरि जिल्लामा नै कार्यालयको स्थापना गरेको बताउनु भयो ।








