निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतअस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट

१९ कार्तीक पर्वत । पर्वतअस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा छूटको व्यवस्था गरिदिन अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेल जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ पर्वत र अस्पतालबीच यसबारेमा सहमति भइ । प्रक्रिया अगाडि बढेको र अस्पताललाई पनि मार नपर्ने र पत्रकारलाई पनि राहत हुने गरी सम्भव भएका सेवामा छुट दिन गरि सम्झौता हुने पौडेलले वताउनु भयो ।कतिपय परीक्षणको शुल्क बढी लाग्ने भएकाले अस्पतालले खर्च धान्न नसक्ने अवस्था आउने हुँदा औषधिमा छुट दिन नसकिने बताउँदै डा पौडेलले अहिलेसम्मको तयारीमा मुटुको जाँच, भिडियो एक्स रे, एक्स रे, रगत परीक्षण, दिसा तथा पिसाब परीक्षण, सामान्य जाँचलगायतमा छुट दिन सकिने बारेमा छलफल भइरहेको बताए ।अरूको लागि समाचार लेख्दै हिँड्ने पत्रकारसमेत आर्थिक समस्यामा रहने र अरूका लागि काम गर्नेलाई अस्पतालले पनि केही गर्न पाउनु खुसीको कुरा भएको डा पौडेलले बताए ।

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले अघिल्लो सरकारले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने गरी नीति तथा कार्यक्रममा घोषणा गरेको भए पनि त्यसबारे कुनै कार्यविधि नआएका कारण अस्पताल आफैँले खर्च बेहोर्ने गरी गत भदौमा यो निर्णय गरेको बताए ।

नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्त गरेका पर्वतका क्रियाशील पत्रकारका लागि यो सुविधा उपलब्ध गराउन लागिएको हो । तीनै तहका सरकारले यो काम नगरे पनि अस्पताल आफैँले भए पनि गरेमा राम्रो हुने ठानेर यो निर्णय गरिएको हो”, पहाडीले भने, “समाजलाई सत्यतथ्य सूचना दिएर सचेतना जागृत गर्ने तथा सूचना प्रदान गर्ने पत्रकारलाई प्रोत्साहन गर्नका लागि यो निर्णयले काम गर्छ ।”महासङ्घ र अस्पतालबीच सम्झौता भएपछि कार्यान्वयनमा आउने यो कार्यक्रममा पर्वतमा क्रियाशील भई पत्रकार महासङ्घ पर्वतको सदस्य बनेका पत्रकार मात्र समावेश हुने अस्पताल प्रशासन बताउँछ ।

पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले सङ्घीय सरकारले बजेटमा घोषणा गरे पनि कार्यान्वयनमा नल्याएको अवस्थामा पर्वत अस्पताल आफैँले भए पनि यो कार्यक्रम लागू गरोस् भन्ने हेतुले महासङ्घको तर्फबाट राखिएको प्रस्ताव अस्पतालले स्वीकार गर्नु खुसीको कुरा भएको बताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img