सल्यानमा वस दुर्घटना हूदा १२ जनाको मृत्यू भएको छ । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ। घटनामा घाइते भएका मध्ये गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ।ज्यान गुमाउने कसैको पनि परिचय खुलेको छैन ।
केहि घाइतेहरुलाई थप उपचारको लागि हेलिकोप्टरबाट बाहिर पठाउने तयार भैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताए। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको ना २ ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट २ सय मिटर तल खसेको बताए। बसमा ३६ जना यात्रु रहेको बताइएको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागि छुटेको आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।








