निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जातीय विभेद घटनामा गम्भिर हुन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

माघ पर्वत २०७८

संविधान कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभावको अन्त्यका लागि आज देशै भरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाइएको

नेपाल उत्पीडित जातीय मुक्ति समाजले देशव्यापी रुपमा आन्दोलनको घोषणा गर्दै देशै भरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र वुझाएको हो

ज्ञापन पत्रमा     नेपालको संविधान, ऐन कानून राजनीतिक शासन प्रणालीमा उल्लेखनिय परिवर्तन भएता पनि शासकीय चरित्र तथा सामाजिक संरचनामा सहि तरिकाले कार्यान्वयन हुन नसकेको जनाइएको  

राज्य व्यवस्था फेरिएपनि  मुलूकका विभिन्न भागमा जातीय विभेद तथा छुवाछूतका घटना घटीरहेका अन्तर जातीय विवाह प्रकरणवाट जघन्य मानव हत्या, भैरहेकोले यस्ता जघन्य घटनामा सरकार गम्भिर हुनुपर्नेमा जोड दिइएको

राज्यवाट प्रदान हुने सामाजिक सुरक्षाका कार्यक्रम होस् वा दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्तिमा पनि विभेद् भईरहेकोमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले आपत्ती जनाएको

समाजले दलित जनताको हक, अधिकारलाई कुठाराघात तुल्याउने सवै हर्कतलाई रोकी लोकतान्त्रिक मूल्य मान्यता राष्ट्रिय सहमतीका आधारमा मुलूकको सुशासन कायम राख्न  माग गर्दै २० वुदे माग  सहित  प्रधानमन्त्री श्री शेर बहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाएका हो 

 विभिन्न जिल्लामा जातीय विभेद्का घटनाहरु तिव्र रुपमा बढेको  छुवाछूतकै कारण निर्मम हत्या भएका , अन्तरजातीय विवाहको कारण दलित समुदायका व्यक्तिहरु मारिनु पर्ने, वेपत्ता पारिनु पर्ने, निर्मम यातना सहित अपमानित भएर समाजमा जिउन वाध्य पारिएको ,छात्रवृत्ति वितरणमा अनियमिता भएको २० वुदे मागमा उल्लेख गरिएको प्रधानमन्त्रीको संयोजकत्वमा रहेको जातीय भेदभाव अन्त्य एवं दलितहरुको अधिकार प्रर्वद्धन संयन्त्र कृयाशिल गराउन माग सहित ज्ञापन पत्र वुझाइएको नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्वतका सचिव कविता विकले वताउनु भयो 

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img