१६ माघ २०७८
”सुन्य कुष्टरोगको लागि हाम्रो प्रतिवद्धता आत्म सम्मानका लागि ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ६९ औ विश्व कुष्टरोग दिवस मनाइएको छ । कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालयका फोकल पर्सन तथा परिवार नियोजन सुपरभाइजर नारायण प्रसाद रेग्मीले नेपालमा हाल कुष्टरोगको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्टरोग निवारणको घोषणा गरिएको थियो । प्रति दश हजारमा १ जना भन्दा कम कुष्टरोगी रहेको आधारमानी नेपाललाई कुष्टरोग निवारण घोषणा गरिएको हो ।
हाल तराई लागाएत केही पहाडी जिल्लामा अझैपनी कुष्टरोगीहरु भेटिएका छन् । गण्डकी प्रदेशमा हाल सम्म ५९ जना पूरुष र ४७ जना महिला गरि कुल १०६ जनामा कुष्टरोगी रेहको मा १०० जनाले नियमित उपचार गराईरहेका छन ।
पर्वतमा भने कुष्टरोगीहरुको तथ्यांक हेर्दा पछिल्ल्लो चरणमा घढ्दै गएको छ । ५ वर्षको तथ्यांक हेर्दा आ.व २०७३/२०७४मा कुष्टरोगीका नया विरामी ७ जना रहेकोमा पछिल्लो आवमा घट्दै गएकोमा गत आर्थिक वर्षमा ८ जना नया विरामी भेटिएका थिए । यस आर्थिक वर्षको पौष मसान्त सम्म २ जना नया विरामी भेटिएको फोकल पर्सन नारायण प्रसाद रेग्मील वताउनु भयो ।
पर्वतमा कुल १० जना कुष्टरोगी रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । उनिहरुले हरियो खर्क अस्पताल पोखरामा उपचार गराईराखेका छन् । कुष्टरोगीहरु लाई समाजले हेर्ने दृष्टिीकोण नकारत्मक भएका कारण पनि कतिपय रोग लागेका मान्छेहरु समाजमा खुल्न चाहदैनन् । पर्वतमा रेहका १० जना मध्य जलजला गाउपालिका , कुश्मा नगरपालिका ,फलेवास नगरपालिका , विहादी गाउपालिका र पँयू गाउपालिका का नागरिक रहेका छन् । मोदी गाउ पालिका र महाशिला गाउपालिकामा भने कुष्ट रोगी भेटिएका छैनन् । कुष्टरोग श्वास प्रस्वास र विरामी को सिधा सम्पर्क वाट सर्ने भएका कारण विरामी वाट टाढै रहनु पर्ने र विरामी भएमा नियमित उपचार गरेमा निको हुने पर्वत अस्पतालका डा. डिवी क्षेत्रीले वताउनु भयो ।
स्वास्थ्य कार्यालय पर्वतको आयोजना सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा , पर्वतममा क्रियाशिल पत्रकारहरु तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यालयका लेखा अधिकृत रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन कार्यालयका फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो । पर्वतमा कोभिड संक्रमण वढ्दै गएका कारण स्वास्थ्य मापदण्ड अपनाएर निश्चित संख्यामा पत्रकार अन्तरक्रिया कार्याक्रम सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।








