निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फलेवासमा नगरप्रमुख शर्मालाई नागरिक सम्मान

पर्वत फलेवासका एक दर्जन सामजिक संघ–संस्थाहरुले नगरपालिकाका जनप्रतिनिधीहरुलाई सम्मान गरेका छन् । फलेवास नगरपालिकाले झकलकबाट सेवा प्रवाह शुभारम्भ गर्ने क्रममा यहाँका संघ–संस्था तथा अगुवा नागरिकहरुले सम्मान गरेका हुन् । झकलक कृषि सहकारी संस्था लगायतका संघसंस्थाहरुले फलेवास नगरपालिकाका संस्थापक जनप्रतिनिधीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणि शर्माले जनताको अपेक्षा र भावनालाई बुझेर काम गरेको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा उपलब्धीमुलक काम भएको दाबी समेत गर्नुभयो । पर्वतको फलेवास नगरपालिकाले झकलकबाट सेवा शुभारम्भ गरेको छ । फलेवास नगरपालिका–५ खानीगाउँ झकलकमा अस्थायी रुपमा संरचना निर्माण गरी बुधवारबाट सेवा शुभारम्भ गरेको हो । अस्थायी रुपमा हल सहित १० वटा कोठा निर्माण गरि सेवा शुभारम्भ गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन हुँदै आएको थियो । कार्यपालिकाको बहुमतको आधारमा अस्थायी रूपमा फलेवास–५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकमा सार्ने निर्णय भएको थियो । नगरपालिकाको नगरसभाले केन्द्रको संरचना झकलकमा राख्ने निर्णयका बिरुद्ध उपप्रमुख मञ्जु अधिकारीले चैत्र २२ गते नगरसभा, कार्यपालिका, मेयर सहितलाई बिपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेपछि चैत्र २५ गते भवन निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च आदेश बिरुद्ध मेयर पदमपाणी शर्मा सहितले आदेश खारेज गर्न माग गर्दै बैशाख ९ गते मुद्दा दर्ता गरेका थिए ।सर्वोच्चको आदेश बिरुद्ध नगरप्रमुख शर्माले दायर गरेको पुनरावलोकन मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेश खारेज गरेसँगै झकलकमा भवन निर्माणको काम अघि बढाउने बाटो खुलेको हो ।

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएकोे प्रशासनिक भवन निर्माण काय भने अहिले तिव्र गतिमा अगाडि बढेको छ । भवन ४२ कोठे हुनेछ । जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रालि बागलुङले लिएको छ । भवन निर्माणका लागि २०७८ भदौमा सम्झौता भएको थियो । नौ करोड दुई लाख रुपैंयाँको लागतमा डेढ वर्षमा भवन सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद श्रष्ठले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img