निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कोभिड–१९ सङ्क्रमण बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय पर्वत वाट आदेश जारी

२० श्रावण पर्वत ।

नयाँ ‘भेरिअन्ट’ सहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गए पछि पर्वतमा पनि रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय वाट आदेश जारी भएको छ ।
नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस तथा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारीवाट आदेशजारी भएको हो ।
सङ्क्रामक रोग ऐन, २०२० को दफा ९२० ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ मा रहेको अधिकार प्रयोग गरेर बिहीबार राती १२ बजेदेखि लागू हुने गरी आठ ओटा बुँदामा जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ मानिसहरूको भिडभाड हुने स्थानहरूमा कार्यक्रम गर्दा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्ने, विद्यालय, कलेज ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोर, होटेल तथा रेस्टुरेन्ट वा अन् प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ।


यस्तै सार्वजनिक यातायात सञ्चालन गर्दा सवारी साधनहरूलाई नियमित रूपमा निसङ्क्रमित गर्ने तथा स्वास्थ्य मापदण्डको पालना गरिएको हुनुपर्ने, जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने तथा सार्वजनिक सेवा लिन सबैले अनिवार्य रूपमा कोभिड बिरुद्धको खोप लगाएको ‘कार्ड’ अनिवार्य रूपमा देखाउनुपर्ने भनिएको छ। सेवा लिन जाँदा कार्ड नै नलगे पनि ‘कार्ड’ को फोटो खिचेर मोबाइल फोनमा भए पनि देखाउन सकिने प्रशासनले बताएको छ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारबाट जारी आदेश र प्रशासनले जारी गरेको आदेश पालना गर्न गराउन सबै राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, गैर सरकारी संस्था, सञ्चार क्षेत्र र जिल्लावासीमा प्रशासनले अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img