निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी प्रतिनिधि सभामा सिफारिस

पर्वत –गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधि सभामा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकबाट अधिकारी प्रतिनिधि सभामा सिफारिस भएका हुन् । माओवादी केन्द्रको वैठकले अधिकारी सहित प्रतिनिधि सभामा अन्य ४ जनाको नाम पनि सिफारिस गरेको छ ।

अधिकारी यस अघि प्रदेश सभा क मा पर्वतबाट विजयी भएका हुन् । उनी बाम गठबन्धनको साझा उमेदवारको रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजीत गरी प्रदेश सभामा विजयी भएका थिए । प्रदेश सभामा उनी शुरुवाती समय देखि नै सभामुखको रुपमा क्रियाशिल छन् ।

अधिकारीसंगै प्रतिनिधि सभामा माओवादी केन्द्रले केन्द्रिय सदस्यहरु गुप्त हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी, र गंगा तिमिल्सीनालाई पनि सिफारिस गरेको छ । हमाल भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा पराजीत भएका हुन् । भने उनी दोस्रो संविधान सभाको निर्वाचनमा कास्की जिल्लाबाट उमेदवार बनेका थिए ।

बस्याल भने पहिलो संविधान सभाको निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद हुन् । बस्यालले संविधान सभाको पुरा कार्यकाल संविधान सभाको वैठकमा सहभागी थिएनन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img