निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सामाजिक सेवा दिवसको अवसरमा बिबिध कार्याक्रम सम्पन्न, विद्यार्थीलाई पोषाक वितरण

६ आश्विन २०७९ पर्वत
पर्वतमा सामाजिक सेवा दिवस बिबिध कार्यक्रम गरि मनाइएको छ । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना तथा सामाजिक विकास कार्यालय पर्वत, गुडनेवर्स इन्टरनेशनल नेपाल र सोडेक नेपालको साझेदारीमा सामाजिक सेवा दिवस मनाइएको हो ।
“दिगो विकास र आवद्यिक लक्ष्य प्राप्तीका लागि राष्ट्रिय अभियान , समावेशी सामाजिक विकासमा संघ संस्थाको योगदान” भन्ने नाराका साथ विहिवार पर्वतमा ४३ औ सामाजिक सेवा दिवस मनाइएको हो ।

कार्यक्रमको अवसरमा पर्वतको फलेवास ७ मा रहेको जनता आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थिहरुलाई न्यानो कपडा साथै विद्यालय पोषक वितरण गरिएको छ ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख मोहनचन्द्र सुवेदीले गैसस महासंघ पर्वतले निरन्तर रुपमा सामाजिक सेवा गर्दै आइरहेकोमा धन्यावाद दिदै ,समाजमा सेवा मुलककार्यमा कार्यालयले पनि आवश्यकता अनुसार समन्वय गर्दै आएको जानकारी दिनु भयो । कार्यक्रममा गैसस महासंघ नेपालका निवर्तमान केन्द्रिय सचिव देवीप्रसाद तिमिल्सिनाले गैससहरुले सामाजिक विकासमा निरन्तर सेवा गर्दै आएको जानकारी दिदै सवै गैससहरुलाई नागरिकहरुको सेवा पहुचमा सहयोग गर्न समेत अनुरोध गर्नूभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाका ७ नं. वडाका अध्यक्ष केशर पन्त , फलेवास नगरपालिका शिक्षा अधिकृत टंक पौडल , विद्यालयका प्र अ रुपा सुवेदी लगाएतले मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।

जनता आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमकोे संचालन गैसस महासंघका सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img