२०७९ आश्विन २३ । पर्वत आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको प्रतक्ष निर्वाचन तर्फको उम्मेदवारी दर्ताका लागि पर्वतका दलहरु अन्तिम तयारीमा जुटेका छन् । आजै उम्मेदवारी दर्ता गर्नका लागि दलहरुले उम्मेदवारहरुको टुंगो लगाएका हुन् ।
प्रतिनिधी सभाका लागि नेकपा एमालेले यस पटक पनि केन्द्रिय सदस्य पदम गिरीलाई पुन दोह्रयाएको छ भने गठवन्धनले नेपाली कांग्रेसका नेता अर्जुन प्रसाद जोसीलाई अघी सारेको छ । अघिल्लो निर्वाचनामा पनि एमाले वाट पदम गिरी र नेपाली कांग्रेसवाट अर्जुन प्रसाद जोसी नै प्रतिस्पर्धी रहेकोमा पदम गिरी भारी मतले विजय भएका थिए । तेसै गरि प्रदेश क मा नेकपा एमालेको तर्फवाट भक्त कुवंर र गठवन्धनको तर्फवाट माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदिप कुवंर उम्मेदवार वन्नु भएको छ । भने निर्वाचन क्षेत्र ख वाट नेकपा एमालेको तर्फवाट नेकपा एमालेले प्रदशे कमीटी सदस्य मित्रलाल वस्याललाई उम्मेदवार वनाएको छ भने गठवन्धनले नेपाली कांगेसका नेता ऋषिकेश तिवारीलाई अघि सारेको छ । पर्वतमा प्रतिनिधी सभामा पुरानै नेता प्रतिस्पर्धि भएका पनि प्रदेश सभाका लागि भने सवै नया अनुहार रहेका छन् । पर्वतमा मूख्य गरि सत्ता गठवन्धन र नेकपा एमाले विच प्रतिस्प्रधा रहे पनि अन्य दलहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026








