निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

एमाले उम्मेदवार गिरी र कुँवरको प्रतिबद्धता ‘पातीचौर–बाजुङ–क्याङ–लेसपार सडक चुनाव लगत्तै कालोपत्रेको काम शुरु गर्छौ’

पर्वत-आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति आउन तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् ।

नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदी गाउँपालिका वडा नं. ४ क्याङ र वडा नं. ५ बाजुङमा सम्पन्न भएको छ । क्याङको लेसपार, खुईजरी, क्याङ र बाजुङको पाखाथर र बाउसेमा चुनावी सभा र कोणसभा सम्पन्न भएको छ ।

स्थानीयवासीले एमाले उम्ेमदवारहरुसँग पातीचौर–बाजुङ– क्याङ सडक कालोपत्रेका लागि माग गरेका छन् । दुईवटै वडाका बासिन्दाले यो सडक खण्डको तत्काल कालोपत्रेका लागि प्रमुख माग राखेका छन् । त्यसैगरी युवाहरुले खेलमैदान, महिलाहरुले आयआर्जनका लागि सिपमुलक तालिम तथा विभिन्न बस्ती जोड्ने सडकको स्तोरन्नतीको माग समेत गरेका छन् ।

मतदाताहरुको मागलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य पदम गिरीले पातीचौरदेखि क्याङ लेसपार सम्मको सडक कालोपत्रेका लागि सर्वेक्षण भैसकेको र आरसिआईपी मार्फत योजना अघि बढेको बताउनुभयो । काँग्रेस नेतृत्वको सरकार आएपछि उक्त सडकको बजेट कटौती भएको बताउँदै आफुले निर्वाचन जितेर गएलगत्तै यसै वर्षदेखि सडक कालोपत्रेको काम सुचारु हुने प्रतिवद्धता उम्मेदवार गिरीको छ । विगत पाँच वर्षमा जिल्लामा १ सय ११८ किलोमिटर सडक कालोपत्रे गर्ने, ११ सय घरमा टिनको छाना हाल्ने लगायत चौतर्फि क्षेत्रमा कामहरु गरेको स्मरण गर्दै कतिपय योजनाहरु कोभिड–१९ का कारणले पुर्णता हुन नपाएको र कतिपय योजनाहरु पछिल्लो देउवा सरकारले बजेट कटौती गरिदिँदा रोकिएको बताउनुभयो । उहाँले नेकपा एमालेको सरकार आएपछि दिन दोगुना रात चौगुनाको दरले विकास निर्माणका काम अघि बढ्ने उहाँको भनाई रहेको छ ।

त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले ग्रामीण क्षेत्रमा आवश्यक संरचनाहरुको निर्माण गरी पलायन भएका नागरिकलाई गाउँ फर्काउनका लागि आफुले विशेष योजनासहित अघि बढ्ने बताउनुभयो । तपाईहरुले जिताएर पठाउनुहोस्, मतदाताका सवै आवश्यकता र मागहरु एक एक गरी पुरा गर्नेछौ । आफु भाषण भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकाले भोट दिएर नागरिकको सेवा दिन मौका दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, प्रदेश कमिटि सचिबालय सदस्य मेघनाथ सुवेदी, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश कमिटि सदस्य प्रेम पौडेल, हिरादेवी शर्मा, प्रेमकुमार लामिछाने, समानुपातीक उम्मेदवार कमला पन्त, जिल्ला सचिब गोविन्द पहाडी लगायतको सहभागिता रहेको छ ।

यता नेकपा एमालेका प्रदेश ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी अभियान फलेवास नगरपालिका वडा नं. १० कुर्घा र वडा नं. ६ देविस्थानमा सम्पन्न भएको छ । उहाँले अघिल्लो एमाले सरकारको पालानामा शुरुवात भएका योजनाहरुको पुर्णता र बाँकी आवश्यकता र चाहाना पुरा गर्नका लागि आफु अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेता बस्यालको अभियानमा पूर्व मन्त्री विकास लम्साल, एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, प्रदेश सदस्य देवेन्द्रराज पाण्डे, कमल भुसाल, उपाध्यक्ष पदमपाणी शर्मा नेता महेन्द्र श्रेष्ठ लगायतका नेताहरुको पनि सहभागिता रहको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img