निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा उम्मेदवार वीच “लाइभ डिभेट” गठबन्धनका उम्मेदवारहरु सहभागी भएनन

पर्वत । आगामी मंसीर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा पर्वत जिल्लाका उमेदवारहरुले जनताको प्रश्नको सामना गरेका छन् । प्राइम टेलिभिजनको चर्चित टेलिभिजन शो कार्यक्रम मंसीर महासंग्राम कार्यक्रम सदरमुकाम कुश्मा बजारबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रममा गठबन्धनका उमेदवारहरु भने सहभागी भएनन् । पत्रकार ऋषी धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रममा गठबन्धनका ३ जना उमेदवार नै सहभागी थिएनन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका प्रतिनिधि सभाका उमेदवार अर्जुन जोशी र प्रदेश सभा १ का उमेदवार सुदीप कुँवर कार्यक्रमा सहभागी थिएनन् । प्रदेश सभा २ का उमेदवार ऋषीकेश तिवारी भने अस्वस्थ छन् ।

कार्यक्रममा प्रतिनिधि सभाका उमेदवार जोशी नआएपछि सहभागीहरुले गठबन्धनका उमेदवारको विषयमा जिज्ञासा राखेपछि कार्यक्रम सञ्चालकले निमन्त्रणा भएपनि अरु उमेदवारहरु सहभागी नभएको बताएका थिए । कार्यक्रममा सहभागी भएर आफ्नो प्रतिस्पर्धीसंग खुल्ला बहस गर्नुपर्नेमा उमेदवार सहभागी नभएको विषयमा अहिले सामाजिक सञ्जालमा पनि चर्चा भएको छ ।

कार्यक्रममा एमालेको तर्फबाट प्रतिनिधि सभाका उमेदवार पदम गिरीले जिल्लामा धेरै पूर्वाधार निर्माणको काम भएपछि त्यो अझै सन्तुष्ट हुने गरी नभएको भन्दै आफ्ना अधुरा योजनाहरु पुरा गर्न एक पटक फेरी निर्वाचनमा उठेको बताएका थिए ।

प्रदेश सभाका उमेदवार भक्त कुँवरले पनि एमालेले देखेको सम्बृद्ध नेपाल निर्माणको परिकल्पना साकार पार्न आफ्नो उमेदवारी रहेको बताएका थिए । कार्यक्रम टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img