काडमाडौ
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले परिचय खूल्ने सरकारी कागजातको आधारमा मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने भएका छन् ।
अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन भएपछि मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित मतदान केन्द्रका निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।








