निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न

१५ मंसिर २०७९ पर्वत/
पर्वतमा ३५ औ विश्व एड्स दिवस बिबिध कार्याक्रम गरि सम्पन्न गरिएको छ “एड्स अन्त्यका लागि समनताको सुनिच्चिता” भन्ने मुल नाराका साथ आज पर्वतमा एड्स दिवस मनाईएको हो ।

कार्यक्रममा स्वास्थ्यकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । अन्तक्रिया कार्यक्रममा वौल्दै स्वास्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलले अझै पनि समाजमा एचआईभी संक्रमित लाई हेर्ने दृष्टिकोण फरक भएका कारण उनिहरु समाजमा खुल्न नसकेको वताउदै सवैले सकारत्मक व्यवहार गर्नु पर्ने वताउनु भयो । उहाले एचआईभी रोगको वारेमा जानकारी गराउदै पर्वतको वर्तमान अवस्थाको वारेमा समेत जानकारी गराउनु भयो ।


पर्वतमा हाल कुल १२२ एचआईभी संक्रमितरहेको वताइएपनि ८५ जनाको मात्र रेकर्ड रहेको छ । जस मध्या ४ जनाको मृत्यू भएको ४ जना सम्पर्क भन्दा वाहिर रहेको ३ जनाले अन्या जिल्ला वाट औषधी लिइरहेको र ७४ जनाले पर्वत जिल्ला वाट नियमित औषधी सेवन गर्दै गरेको स्वस्थ्य कार्यालयले जनाएको छ ।
पर्वतमा कुश्मा नगरपालिकामा ४४ जना फलेवास नगरपाािलकामा २५ जना मोदी गाउपालिकामा १९ जना जलजाला गाउपालिकामा १४ जना महाशिला गाउपालिकामा ११जना विहादी गाउपालिकामा ७ जना र पंयू गाउपालिकामा २ जना गरि कुल १२२ जना एचआइभी संक्रमित रहेका छन् ।

कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष शन्तोष थापाले एचआइभी संक्रमितहरु लाई हेला हैन माया गर्नुपर्ने वताउदै समाजमा खुलेर जिउने वातावरण गराउनुपर्ने वताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले आवश्यक मात्रामा परिक्षण नुहदा समुदायमा संक्रमितको संख्या अझै वढ्न सक्ने सम्भावना रहेको वताएका छन् ।
स्वस्थ्य कार्यालयका नि. प्रमेख सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यालयका लेखा अधिकृत राम चन्द्र पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नारायण रेग्मीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img