निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

वालरोग एकीकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम

चैत्र १९ पर्वत/

समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीहरुका लागि तालिम संचालन गरिएको छ ।

बालरोगको एकिकृत व्यवस्थापन गर्न ६ दिने तालिम आजवाट पर्वत कुश्ममा संचालन भएको हो ।
पर्वत जिल्लाका स्थानिय तहमा रहेका स्वास्थ्य केन्द्रमा कार्यारत स्वास्थ्य कर्मीहरुको क्षमताविकासका तालिम आयोजना गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।


तालिममा नवजात शिशु तथा वालवालिकाहरुमा लाग्ने रोगहरु निमोनिया,भाडापखला,कानको समस्य तथा वाल मृत्यूदर , शिशुमृत्यूदर र मातृमृत्यूदरको विषयमा सहजिकरण गरिने कार्याक्रमका फोकल पर्सन तेज प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

६ दिन सम्म संचालन हुने तालिममा २४ जना स्वास्थ्यकमीहरुको सहभागिात रहेको छ भने तालिममा वालरोग विषेशज्ञ डा. कुशल वराल । मेडिकल अफिसर सुस्मीता पौडेल , वरिष्ठ अस्पताल नरसिङ निरिक्षक सरस्वती वराल तथा फोकल पर्सन तेज प्रसाद सुवेदीले जसहजिकरण गर्ने छन् ।

समुदायमा हुने शिशु मृत्यूदर र मातृ मृत्यूदर लाइ कमी ल्याउनका लागि तालिममा मुख्य सहजिकरण गरिने तथा पाच वर्ष मुनिका वालवालिकाहरुमा हुन सक्ने औलो, ज्वारो ,क्षयरोग तथा एचआइभिको वारेमा समेत सहजिकरण गरिने कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल पर्वतका डा रुक्मिना अधिकारीको अध्यक्षतामा संचालन भएको तालिमको औपचारिक कार्याक्रमको संचालन स्वस्थ्य कार्यालय पर्वतका फोकल पर्सन तेजप्रसाद सुवेदीले गर्नूभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img