निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको शंकरपोखरीमा भिषण आगालागी,२००हेक्टर बन जल्यो ,खानेपानीका पाईप जलेपछी पानीको समस्या


१० वैशाख २०८० ।
पर्वतको फलेवास नगरपालिका वडा नंं ३ खलडाडा विरौटा नजिक रहेको कालिका सामुदायिक वनमा आगालागीहूदा बन डढेर नष्ट हुनुका साथै खानेपानीका पाईप समेत जलेका छन् । खानेपानीको पाईप जल्दा वस्तीमा पानीको समस्य रहेको छ ।
वनमा आगालागीहुदा सो क्षेत्रको करिव २०० हेक्टर वन जलेको जिल्ला वन कार्यालय अन्तर्गत रहेको सव डिभिजन वन कार्यालय थापाठानाका सव डिभिजन प्रमुख भागीराम किसानले जानकारी दिनुभएको छ । समयमानै उपभोक्तहरुको सक्रियता नहुदा धेरै वन जलेर नष्ट भएको उहाले वताउनु भयो । आगो निभाउनका लागि धेरै प्रयास गर्दा पनि दक्ष जनशक्ति र उपकरण नहुदा धेरै क्षेती पुगेको उहाको भनाइ छ ।


३ दिन देखी लागेको विषण आगो अहिले सम्म नियन्त्रण हुन नसकेको कालिका सामुदायिक वनका अध्यक्ष भिमप्रसाद भुषालले जानकारीदिनुभयो । आगालागी वाट मानविय क्षेती नभएपनि अमल्ला ,रातचौका र टिमिरेका वस्तीहरु जोखिममा रहेका छन् ।

आगालागीकाकारण खल्डाडा विरौटाका २० घरले प्रयोग गर्दै आएको ५०० मिटर पानीको पाइप जल्दा २ दिन देखी वस्तीमा खानेपानीको समस्य रहेको स्थानिय तिल प्रसाद भुषालले वताउनु भयो । गर्मीयाम संगै जिल्लाका सामूदायिक बनमा आगालागीका घटना बढेका हुन् । डिभिजन बन कार्यालय पर्वतका अनुसार जिल्लाका ३४ वटा सामूदायिक बनमा आगालागी भएको छ । जलजला गाउँपालिका ८ नाग्लीवाङ, फलेवास ३ शंरकपोखरी, मोदी २ र ३ को भवरकोट, चिसापानी लगायतका जंगलमा भीषण आगो लागेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img