२६ वैशाख २०८०/
पर्वतको चारभञ्ज्याङ क्षेत्र फलेवास ९ भंगरामा रहेको ऐतिहासिक धार्मिक स्थल बज्रमार भगवति देवि मन्दिर, पुन निर्माणका लागि चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्य समितीले आर्थिक सहयोग प्रदान गरेको छ । मन्दिर, पुन निर्माणको लागि ११ लाख ८३ हजार पाच सय चार रुपैया एक बिशेश कार्यक्रम बिच निर्माण समितिका कोशाध्यक्ष श्री धुर्ब बहादुर गुरुङ्लाइ हस्तांतरण गरिएको छ ।

चारभञ्ज्याङ तमु समाज अन्राष्ट्रिय समन्वय समितिको विषेश पहलमा संकलित रकम समन्वय समितिका अध्यक्ष ले चन्द्र बहादुर गूरुङले हस्तान्तरण गनूभएको हो । हस्तान्तरण कार्यक्रममा जुम वैठक मार्फत बोल्दै अध्यक्ष चन्द्र व गुरुङले विदेशमा रहदा पनि आफ्नो गाउठाउको विकासको लागि सहयोग गर्नूहुने सवै नेपाली दाजुभाईहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाले लामो समयदेखी चारभञ्ज्याङ क्षेत्रको हरेका विकासमा संस्थाले सहयोग गर्दै आएको वताउदै भोलिका दिनमा पनि निरन्तर सहयोग गर्ने वताउनुभयो ।

७ मे २०२३ तारिकमा आयोजना भएको जुम वैठकमा चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति पोखरा कार्यालय वाट संस्थाका उपाध्यक्ष होम व गूरुङ,महासचिव डिवी गुरुङ,कार्यसमिति र सल्लाहकारहरुको उपस्थिती रहेको थियो । मन्दिर पुन निर्माण अभियान अन्र्तगत आर्थिक संकलने गर्न प्रमुख भुमिका खेल्नुहुने चारभञ्ज्याङ तमु समाज काठमाडौं , पोखरा, हङ्कङ, बेलाएत र लुम्बिनिका अध्यक्ष ज्युहरु क्याप्टेन श्री धन बहादुर गुरुङ, क्याप्टेन श्री गणेश गुरुङ, श्री तार प्रसाद गुरुङ, श्री बेन कुमार गुरुङ र श्री झपट बहादुर गुरुङ लगाएत सहयोग गर्नुहुने सम्पुर्ण चार भन्ज्याङ परिवार लाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।
चारभञ्ज्याङ क्षेत्र अन्तरर्गत भंगरा रहेको वज्रमारा मन्दिर यस क्षेत्रको पूरानो धर्मीक स्थलको रुपमा रहे पनी भुकम्पका कारण तथा अन्य कारणले जिर्ण हूदै जादा भत्किन लागेको थियो । मन्दिर पुन निर्माण अभियानमा स्थानिय स्तरवाट समेत सहयोग संकलन हुने क्रम रहेको तथा स्थानिय सरकार वाट समेत पुन निर्माणका लागि सहयोग गरिने फलेवास नगरपालिका का वडा नं.९ भंगराका वडा अध्यक्ष हितमान गुरुङले जानकारी दिनुभएको छ ।








