निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

चार भन्ज्याङ तमु समाज यूकेको भेटघाट कार्यक्रम ५ अगष्टमा ,शिवहमाल र मनमाया वाइबाको सांगितिक प्रस्तुती रहने


३० जुलाई ,लन्डन /
चार भन्ज्याङ तमु समाज यूकेको आयोजनामा ५ अगष्टमा समर भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । ग्रिसमकालिन समर भेटघाट कार्यक्रममा नेपालका ख्यातिप्राप्त सर्जक तथा लोकप्रीय गायक शिव हमाल र मनमाया बाइवाको प्रस्तुती रहने चार भन्ज्याङ तमु समाजका अध्यक्ष बेन कुमार गुरुङले जानकारी दिनु भएको छ ।
हरेक वर्ष ग्रिसमकालिन समयमा कार्यक्रम आयोजन गर्ने गरेको समाजले यस पटक समर भेटघाट गरि मनाउन लागेको हो । चार भन्ज्याङ तमु समाजका सदस्यहरु दाजुभाई दिदिवहिनी लगातका आफन्तजनहरु विच आपसि सत्भाव कायम गर्न यस कार्यक्रमले मत्वपुर्ण भुमिका खेल्ने समाजको भनाइ रहेको छ ।
कार्यक्रममा सवैलाई उपस्थित भएर सोभा वढाइदिन समाजका अध्यक्ष वेन कुमार गुरुङले आग्रह गनूभयो । चार भन्ज्याङ तमु समाज यूकेले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालका विभन्न ठाउमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ । नेपालका ग्रामिण वस्तीमा विषेश गरि शिक्षा , स्वथ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको समाजले आगामी दिनमा पर्यटन प्रवद्धमा समेत सहयोग पुर्याउने लक्ष्य लिएको छ ।

हार्दिक निमन्त्रणा

चार भञ्ज्याङ तमु समाज यूके को ग्रिष्माकालीन(समर) भेटघाट कार्यक्रम यही आउॅंदो अगष्ट ५ गते शनीबार हुन गईरहेको जानकारी गराऊॅंदै।

नेपाल बाट पाल्नु भएका राष्ट्रिय कलाकार, सर्जक तथा लोकप्रिय लोक दोहोरी गायक शिव हमाल साथै अत्यन्तै चर्चित,कोमल तथा मिठो गायीकी आवजको धनी करोडै श्रोता र दर्शकहरुको मन मस्तिष्कमा सदा रहिरहने प्रत्यक्ष लोक दोहोरी गायिका मनमाया वाइबा ज्युले यहाँहरुलाई भरपुर सांगीतीक मनोरन्जन दिलाउनको लागि अति नै ऊत्साही रहनु भएको अवस्थामा हुनुहुन्छ l

सम्पूर्ण चार भञ्ज्याङ तमु समाज यूके परिवार तथा चेलिबेटी, दिदिबहिनीहरु एवं ज्वाँई, दाजुभाईहरु बिचको ऊक्त बार्षिक भेटघाट कार्यक्रम सफल बनाई दिनुहुन हार्दिक निमन्त्रण गर्दै।हजुरहरुको गरिमामय ऊपस्थितिको लागि हार्दिक बिनम्र अनुरोध गर्दछु l

धन्यवाद।

वेन कुमार गुरुड

अध्यक्ष चार भन्ज्यांड गुरुड समाज यूके।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img