निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिब्र पारिदै


पर्वत / पर्वतमा फागुन १५ देखी २६सम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक कृष्ण व पुनले जानकारी दिनुभयो ।
पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यावसाय चलयमान हुन नसेको अवस्थामा महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको छ । महोत्सवले खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पु¥याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवर्द्धनमा मद्दत गर्नु पनि महोत्सवका उद्देश्य छन् ।

महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुको सांगितीक प्रस्तुती, , दोहोरी गित प्रस्तुती, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति राखिएका छन् ।


करिब दुई सय वटा व्यावसायिक स्टलहरू रहने महोत्सवमा करिब सवै स्टलहरु बुकिङ भइसकेका आयोजक पुन क्लबले बताएको छ । महोत्सवको तेस्रो संस्करणमा करिब ७२ लाख रुपैयाँ आम्दानी हुँदा ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमितिहरू निर्माण गरिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img