दिल सागर विसी/
६ फागुन /
पर्वतमा फागुन १३ गतेदेखी दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार फागुन महिनाको १३ गते देखी १७ गते सम्म पर्वत जिल्लाका फलेवास नगरपालिका ,महाशिला गाउपालिका ,पैयू गाउपालिका र विहादी गाउपालिकामा दादुरा रुवेला खोप अभियान संचालन हुदै छ ।
तेसै गरि फागुन २१ देखी २६ गते सम्म कुश्मा नगरपालिका ,मोदी गाउपालिका र जलजला गाउपालिकामा दादुरा रुवेला खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय पर्वतका कोल्चेन अधिकृत जयेन्दमान गूरुङले जानकारी दिनुभयो ।
यस अभियानमा ९ महिना देखी ५ वर्ष सम्मका सवै वालवालिकाहरुलाई दादुरा रुवेला रोग विरुद्धको खोप लगाइने हुदा वालवलवालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा रुवेलाको खोप लागाउनुहुन कार्यालयले अनुरोध अनुरोध गरेको छ । अभियानमै ५ वर्ष मुनिका वालवालिकाहरुलाई छुट भएका नियिमित खोपहरु पनि लगाइनेहूदा खोप कार्ड लिएर आउनुहुन समेत अनुरोध गरेको छ ।
खोप अभियानका लागि यती वेला पालिका स्तरमा अन्तरक्रिया भैरहेको कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्रसाद रेग्मी वताउनु भयो ।
दादुरा रुवेला लागेको १ जना व्यक्तिले १८ जना सम्मलाई संक्रमण गर्न सक्छ । दादुरा आउँदा ज्वरो आउने, खोकी लाग्ने, पातलो सिँगान बग्ने, आँखा रसिलो हुने र शरीरमा रातो दाग देख्न थाल्छ त्यसैले सो रोगवाट सुरक्षितहुन वालवालिकाहरुलाई दादुरा रुवेला खोप लगाऔ र नेपाल वाट दादुरा रुवेला खोप निवारण गरौ भन्न अभियान संचालन गर्न लागेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।








