निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ ८, २०८२
Wednesday, January 21, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक ४८ किमी  कालोपत्र

म्याग्दी– भारत र चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किमी सडक कालोपत्र भएको छ। 

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने ४३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। यो सडक पूर्वाधार, आर्थिक, व्यापार, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। 

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको २०२ किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना शुरू भएको हो। १४ वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए। 

“छ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ,” उनले भने, “यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ। ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्।” 
मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ। मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमी, बेनी–गलेश्वर खण्डमा चार किमी र गलेश्वर–बेगखोला खण्डमा तीन किमी डीबीएसडी प्रविधिको कालोपत्र भएको हो। 

मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुंगा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ। मालढुंगा–बेनी सडकको मालढुंगा–लस्ती खण्डमा छ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ।

१३ किलोमिटर दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा ६ किमी, मार्फा–जोमसोम खण्डमा ६ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए। 

कूल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब सात अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ। यो समचार उकालो अभियान अनलाइन वाट साभार गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img