निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सामाजिक विकास कार्यालय पर्वतद्धारा प्रदान सेवा प्रवाहको सार्वजनिक सुनुवाई सम्पन्न।


२६ वैशाख २०८१ ।
सामाजिक विकास कार्यालय पर्वत द्धारा आव २०७९ । २०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाई भएको छ । सामाजिक विकास कार्यालय पर्वतद्धारा प्रदान सेवा प्रवाहको विषयमा मुख्यमन्त्रिी तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आज पर्वतको कुश्मामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

कार्यालयका प्रमुख टंक प्रसाद ढकालले अघिल्लो आ.व.मा कार्यलयले सम्पादन गरेका कार्यक्रम र प्राप्त उपलब्धिहरुको वारेमा जानकारी गराउनुभएको थियो ।


कार्यालयको अघिल्लो आ व मा कुल ८ करोड २५ लाख वजेट रहेकोमा प्रदेश तर्फका योजनामा ८० प्रतिशत र संघिय वजेटमा ९५ प्रतिशत वित्तयप्रगती गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रदेश सरकार अन्र्तगत रहेको सामाजिक विकास कार्यलयले अघिल्लो आ.व मा शिक्षक विद्यार्थी प्रतिभा कार्यक्रम , शिक्षक समुह परिचालन , महिलाहरुका लागि निशुल्क लोकसेवा तयारी कक्षा ,अपांगता भएका व्यक्तिहरुका लागि सहायत सामाग्री वितरण , किशोरीहरुलाई आत्मरक्ष तालिम , सामाजिक कुरिती विरुद्ध अभियान ,एकल तथा दलित महिलाहरुका लागि नेतृत्व विकास तालिम लगाएत अपांगता भएका व्यक्तिहरुका लागि पुनस्थापना कार्यक्रम संचालन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।


सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्ने वक्ताहरुले कार्यालयले वडा स्तरमा कार्यक्रम संचालन गर्दा समन्वय गर्नुपर्ने । कार्यक्रमको सार्वजनिक सुनुवाई समयमानै गर्नुपर्ने तथा चालु आवमा संचालन हुने कार्यक्रमको वारेमा सवैलाई जानकारी हुन आवश्यक रहेको वताएका थिए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य , जिल्ला समन्वय समितिका उप प्रमुख सोम व. जिसी, फलेवास नगरपालिका का उप प्रमुख शोभा कुमारी क्षेत्री शसत्र प्रहीवल चण्डीका गणका प्रहरी उपरिक्षक राजेन्द थापा विभिन्न कार्यालयका प्रमुख तथा नागरिकहरुको उपस्थिीती रहेको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिका ९ का वडा अध्यक्ष रामाशर्मा , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी पुणर्ीमा थापा , पत्रकार लक्षमण शर्मा ,शिक्षक टेकनाथ अधिकरी नेत्रहिन संघका हरिदत्त शर्मा , उभोक्ता मञ्चका तर्फवाट सिता केसी मानवअधिकार रक्षक संस्थाकी सरुभण्डारी, जेष्ठ नागरिक लक्ष्मी पौडेल जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षुशर्मा लगाएतले आफनो धारण राख्नु भएको थियो ।


सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंक प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुशासनका लागि नागरिक समाज टा्रन्सपरेन्सी नेपालको सहजिकरण रहेको थियो । कार्यक्रमको संचालन भानु पराजुलीले गर्नुभएको थियो ।
उहाले कार्यालय वाट सेवा प्राप्त गरेका नागरिकहरुले दिएको सुझाव प्रतिक्रियाहरु पनि आजको कार्यक्रममा सार्वजनिक गर्नूभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img