निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको बार्षिक कार्यक्रम सार्वजनिक

२९ साउन, पर्वत । कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बार्षिक कार्यक्रम सार्वजनिक भएको छ ।

कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजीत एक कार्यक्रमका वीच लाभान्वित कृषकका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा पत्रकारहरुका वीचमा बार्षिक कार्यक्रम सार्वजनिक भएको हो ।

कृषि सम्वन्धि कार्यक्रम संचालन गर्नका लागि कृषि ज्ञान केन्द्र पर्वतमा चालु आर्थिक वर्षमा झण्डै छ करोड रकम बिनीयोजन भएको छ ।

जिल्लाका सातवटै पालिकामा कृषिजन्य गतिविधिका लागि गण्डकी प्रदेश सरकारवाट रु पाँच करोड ८२ लाख रुपैया बिनीयोजन भएको हो । कृषि ज्ञान केन्द्र पर्वतले सोमवार एक कार्यक्रम गरी स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । उक्त बजेट मध्ये पुँजीगत तर्फ १२ लाख र चालु तर्फ पाँच करोड ७० लाख रुपैया रहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । गत आर्थिक वर्षमा ८ करोड २९ लाख ७१ हजार बजेट प्राप्त भएकोमा यस वर्ष ह्वात्तै घटेको उनले बताए ।

ज्ञान केन्द्रका प्रमुख अधिकारीका अनुसार बिनियोजित बजेटवाट कृषि प्रसार तथा तालिम, सुन्तला जात फलफुल विकास आयोजना, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु प्रवद्र्धन कार्यक्रम, खाद्यान्न बाली प्रवद्र्धन आयोजना, रैथानेवाली प्रवद्र्धन आयोजना, मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन आयोजना संचालन गरिने भएको छ ।

यसैगरी बिउ उत्पादन तथा प्रवद्र्धन कार्यक्रम, तरकारी बालि प्रवद्र्धन कार्यक्रम, पोषण सुरक्षा जस्ता मुख्य कार्यक्रमलाई प्राथमिकताका साथ बजेट बिनीयोजन गरिएको छ । छुट्टाछुट्टै कार्यक्रमका लागि मापदण्ड र बजेट समेत बिनीयोजन गरिसकिएको छ । कार्यालयका अनुसार तरकारी बालि प्रवद्र्धन आयोजनाका लाग १२ लाख ५० हजार, पोषण सुरक्षा कार्यक्रमका लागि २० लाख रुपैया बिनीयोजन गरिएको छ ।

जलवायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रमका लागि १० लाख, विऊ उत्पादन प्रवद्र्धनक लागि १२ लाख ५० हजार बिनीयोजन गरिएको छ । मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन कार्यक्रमका लागि १० लाख र रैथाने बाली प्रवद्र्धन आयोजनाका लागि ९ लाख ५० हजार बिनीयोजन गरिएको छ । जुन रकमवाट थप ७ हेक्टर जमिनमा रैथानेवाली बिस्तार गरिने भएको छ ।

त्यस्तै खाद्यान्न वाली प्रवद्र्धन आयोजनाका लागि २६ लाख, ६० हजार छुट्टाईएको छ । खायन आलु प्रवद्र्धन कार्यक्रमका लागि १ करोड ४७ लाख बिनीयोजन गरिएको छ । गत आर्थिक वर्षमा यो कार्यक्रमका लागि तीन करोड बजेट रहेको थियो । अहिले झण्डै आधाभन्दा बढिले घटेर आएको छ । सुन्तला जात फलफुल विकास आयोजनाका लागि एक करोड १८ लाख रुपैया बिनीयोजन गरिएको छ । पर्वतवाट सवैभन्दा बढि निर्यात हुने फलफुलमा सुन्तला रहेकोले यसको खेती विस्तारलाई जोड दिईएको हो । अन्य फलफुल वाली विकास आयोजनाका लागि २६ लाख २० हजार बिनियोजन गरिएको छ ।

बार्षिक कार्यक्रम सार्वजनिक समारोहमा सहभागिहरुले संघ र प्रदेशवाट आएका कार्यक्रमहरु बास्तविक कृषकसम्म पु¥याउन सुझाव दिएका छन् । कतिपय योजनाहरु पुहँचवाला र आफन्तहरुलाई मात्र केन्द्रीत गरेर संचालन गरिएको पाईएको भन्दै कार्यक्रमको पारदर्शितामा जोड दिन कृषकहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले बास्तविक कृषक राज्यका सेवा सुविधावाट बञ्चित हुन नहुने बताए । अझैपनि पहूँचवाला र दबाब र प्रभावको भरमा योजनाहरु कार्यान्वयन हुने गरेको भन्दै निष्पक्ष र पारदर्शि रुपमा बास्तविक कृषकको पहुँच पुग्नेगरी संचालन गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष सोम जिसी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, विहादी गाउँपालिकाका उपाध्यक्ष मिना तिवारी, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतले विभिन्न सुझाव तथा प्रतिकृया दिएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img