श्रावण ३१, २०८१ ।
पर्वतमा १ लाख ४ हजार ३ सय ८० वटा पशुहरुलाई खोप लगाइएको छ ।
गत आ वको असार मसान्त सम्म भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशुलाई खोरेत, पिपिआर , रेविज क्लासकिल स्वाईनफिवर , चरचरेभ्यागुते र लम्पीस्कीनरोगहरु विरुद्ध खोप लगाईए हो ।
जस अन्र्तगत ५५७६७ गाईभैंसी र वंगुर लाई खोरेत रोग वरिुद्ध खोप ३९३७८ भेडाबाख्रामा पिपिआर खोप र ३१३० कुकुर बिरालोमा रेविज खोप र ६०९३ पशुलाई लम्पीस्कीन खोप लगाइएको कार्यालयका प्रमुख पशु विकास अधिकृत पुष्पराज बाँस्तोला ले वताए ।
पछिल्लो समय पशुहरुमा विभिन्न रोगहरुले संक्रमण वढ्दै जादा कृषकहरुले पनि पशुलाई खोप लगान चासो राखेका छन् । केही महिना अगाडी लम्पीस्कीन रोगको महामारी वढ्दै गएकोमा कार्यालय वाट पशुमा खोप लगाउन अनिवार्य गरिएको छ ।
गत आ व को असार सम्म वर्ष १२ हजार पशुको उपचार गरेको र १४६०वटा नमुना परीक्षण सम्पन गरेको कायालयका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियार वताए ।
कार्यालयले गत आवमा नै रेविज रोग नियन्त्रण का लागी कुश्मा नगरपालिकामा र पैँयु गाँउपालिकामा सामुदायकि तथा घरपालुवा कुकुरहरुमा बन्ध्याकरण कार्यक्रम गरी १८९ वटा कुकुरमा बन्ध्याकरण र ३०९७ वटा कुकुरलाइ रेविज रोग विरुद्ध खोप लगाइएको छ ।
गत आवमा मा नै १६१९ वटा गाई भैसीमा कृत्रिम गर्भाधान गरिएको ६६००९४ लिटर दुधउत्पादन वापत दुग्ध कृषकहरुलाई १६,५०२३५ प्रोत्साहन रकम उपलबध गराएको कार्यालयले जानकारी दिएको छ ।