पर्वत/
महाशिला ६ फलामखानीका १९० जना वृद्ध तथा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।
चारभञ्ज्याङ समाज दाद्राको सहयोगमा उपलब्ध भएको कपडा तथा नगद रकम वृद्ध तथा अपाङता भएका व्यक्तिहरुलाई वडा कार्यालयको रोहवरमा हस्तान्तरण गरिएको महाशिला ६ का वडा अध्यक्ष गोविन्द व. विकले जानकारी दिनुभएको छ ।

चारभञ्ज्याङ गाउँ दाद्रा निवासी इन्सपेक्टर गोपाल सिंह घले , हर्क व घले , कृष्ण व घले , क्या. चन्द्र प्रसाद गुरुङ, सरोन विक्रम घले र तिल कुमारी घले वाट नगद र कपडा सहित रु तिनलाख वरावरको सहयोग प्राप्त भएको अध्यक्ष विकले जानकारी दिनुभयो ।
उहाले आफ्नो गाउ ठाउँका वृद्ध तथा अपांगता भएका व्यक्तिहरुलाई जाडोको समयमा न्यानो कपडा सहयोग गरेकोमा सहयोगी हातहरुलाई धन्यावाद व्यक्त गर्नुभयो ।
महाशिला ६ फलामखानीमा चारभञ्ज्याङ समाजले विभिन्न समयमा शैक्षिक क्षेत्र लगाएत स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।