निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतका किसानलाई २ लाख माछाका भुरा निशुल्क वितरण

 

१५ जेष्ठ २०८२ /

पर्वतमा दूइ लाख भन्दा वढि माछाका भुरा निशुल्क वितरण गरिएको छ । भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार चालु आवमा पर्वतका ७ पालिकामा कुल २ लाख २१ हजार माछका भुरा वितरण गरिएको हो ।

जस अनुसार कुश्मा नगरपालिकामा ३८ हजार जलजला गाउपालिकामा ६० हजार मोदी गाउपालिकामा ३५ हजार विहादी गाउपालिकामा ७ हजार पैंयू गाउपालिकामा ३१ हजार र फलेवास नगरपालिकामा ५० हजार माछाका भुरा वितरण गरिएको  कार्यालयका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले जानकारी दिनुभयो।

व्यवसायिक रुपमा माछा पालन कृषकहरुलाई प्रोत्साहनका लागि माछाका भुरा वितरण गरिएको र यस आवमा २० रोपनी क्षेत्रफलमा माछापोखरी निर्माणका लागि सम्झौता भएको परियारले जानकारी दिनुभयो।

माछा पोखरी निर्माणका कार्यालयले प्रती रोपनी २५ हजारका दरले अनुदान दिने गरेको छ ।

भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष वृहत्तर पशुपक्षी प्रवद्र्धन सहयोग कार्यक्रम अनर्तगत प्रती कार्यक्रम ८ लाख ३३हजारका दरले ६ वटा कार्यक्रम संचालन गर्ने र स्थानिय पशुपक्षी प्रवद्र्धन सहयोग कार्यक्रम २ वटा संचालन गर्ने भएको छ ।

यस आर्थिक वर्षका कार्यक्रमहरु नियमित रुपमा संचालन भैरहेको र कार्यालयको लक्ष्य अनुसार उपलब्धी हासिल गरिने पशुविकास अधिकृत नि कार्यालय प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img