निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको साइकलचोक बजार अनुगमन, १ वटा पसल कारवाहीमा

श्रावण ३० पर्वत ।

पर्वतको कुश्मा नगरपालिका ९ मा रहेको साइकल चोक वजार अनुगमन गरिएको छ ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका ९ नं वडा कार्यालय तथा पत्रकार सहितको टोलिले अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा १ वटा पसल वाट २५ हजार बराबरको म्याद गुज्रिएका खाद्य सामान बरामद गरी नष्ट गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम म्याद नाघेका सामग्री भण्डारण गर्ने पसललाई रु ५ हजार जरिवान गरेको छ।

म्याद नाघेका वस्तुहरुमा चियापत्ती, सुजी, मसला, पापड ,स्वविन चिसवल्स, बिस्कुट लगायतका सामाग्री फेला पारिएको साथै केही खाद्य वस्तुमा किराहरुसमेत भेटिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।

चाडवाडको बेलामा कालोबजारी हुन सक्ने र उपभोक्ताको स्वास्थ्य माथी खेलवाड हुने गरी अखाद्य बस्तुको विक्री हुने भएकाले बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत श्याम कृष्ण पौडेलले वताउनु भयो ।

१४ वटा पसल अनुगमन गरिएकोमा कुनै पनि पसलमा मुल्य सुची नराखेको, केही पसलहरु व्यवसाय दर्ता नगरिएको पाईएको छ। व्यवसाय दर्ता नविकरण गर्ने, मुल्य सुँची ग्राहकले देख्ने स्थानमा टाँस्न अनुगमन टोलिले सुचित गराएको छ ।

कार्यालय बाट समय समयमा वजार अनुगमन गर्दा उपभोक्तहरुको स्वास्थ्य माथी खेलवाड नहुने सवै व्यावसायिहरु सजग रहने स्थानियहरुले वताएका छन् ।

 बजार अनुगमन अनिवार्य रहेको र पसल व्यवसाय दर्ता नविकरण गरेर मात्र संचालन गर्न कुश्मा नगरपालिका ९ का राम शर्मा लामिछानेले अनुरोध गर्नुभएको छ । 

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img